विराटनगर,साउन २१
महिला शान्ति अनुसन्धान तथा विकास केन्द्र (वपरडेक)ले आईतबार २६ जनालाई सम्मान गरेको छ ।
संस्थाले मानव अधिकार र महिला अधिकारको क्षेत्रमा पु¥याएको योगदानको कदर सम्मान गरेको हो । १३ औं वार्षिकत्सव एवं साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा पत्रकार , समाजसेवी , अधिकारकर्मी र चिकित्सकलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा मकालु टेलिभिजनका वरिष्ठ संवाददाता नविन कर्ण र सुशीला पाठक, उद्घोष दैनिकका समाचारदाता जितेन्द्र ठाकुर , फेवा साप्ताहिकका सम्पादक ललिता भट्टराईसहित धनपालथान गाँउपालिकाका प्रशासकीय अधिकृत बाबुराम शर्मा लुइटेल,रंगेली नगरपालिकाका प्रशासकीय प्रमुख लक्ष्मीप्रसाद रेग्मी,चिकित्सक डाक्टर आरपी ठाकुर , अधिकारकर्मी उमेश विश्वकर्मा , सिकेन्द्र सिह यादव लगायतका रहेका छन् ।