×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भरतपुर सवस्टेशनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा

२२ कार्तिक २०७८

२२ कात्तिक, काठमाडाैँ ।

चितवनको भरतपुर महानगरपालिकाको बसेनीमा रहेको १३२/११ केभी क्षमताको भरतपुर सवस्टेशनमा रहेका दुईवटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर पूर्णरुपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगलाई पनि आइतबार साँझदेखि विद्युत् आपूर्ति दिएको छ । सवस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमध्ये एउटामा १३ र अर्कोमा १६ कात्तिकमा समस्या आएको थियो ।

Advertisement
Advertisement

प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मरलाई हटाएर सवस्टेशनमा जगेडामा रहेको २२.५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरी बिहीबारबाट घरायसी ग्राहकका लागि विद्युत् आपूर्ति दिएको थियो । एउटा ट्रान्सफर्मर जडान गरी ३६ घण्टापछि विद्युत् आपूर्ति सुरु गरिएको थियो ।

कास्कीको लेखनाथ सवस्टेशनमा रहेको २२.५ एमभिए क्षमताको ट्रान्सफर्मरल्याई भरतपुर सवस्टेशनमा जडान गरी त्यसलाई पनि आइतबार साँझबाट सञ्चालनमा ल्याइएको हो । सवस्टेशनको क्षमता अब ४५ एमभिए रहेकाले औद्योगिकसहितका सबै ग्राहकलाई विद्युत् आपूर्तिको कुनै समस्या नरहेको प्राधिकरणको वितरण तथा ग्राहक सेवा केन्द्र भरतपुरका प्रमुख राजीवकुमार सिंहले बताए । सिंहका अनुसार आँपटारीस्थित अर्को १३२/११ केभीको सवस्टेशनमा १५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान सुरु गरिएको छ ।

उक्त सवस्टेशनबाट विद्युत् आपूर्तिका लागि तीन वटा फिडर निकाली सकिएको छ । तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितको टोली मर्मतस्थलमा खटिएको थियो ।

Advertisement

कार्यकारी निर्देशक घिसिङले दीपावलीमा कुनै पनि घरमा बिजुली बाल्न पाइएन भन्ने गुनासो नआओस् भनेर आफै खटेर सवस्टेशनको मर्मत गरेको र हाल पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी दिए ।रासस

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top