×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मङ्सिरदेखि कोरिया जान पाइने, भाषा परीक्षाको तयारी

२२ कार्तिक २०७८

२२ कात्तिक, काठमाडाैँ ।
दक्षिण कोरियाले कोरोना महामारीका कारण झण्डै २ वर्षदेखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) मङ्सिरदेखि खोल्ने निर्णय गरेसँगै कोरियन भाषा परीक्षा फेरि सञ्चालन हुने भएको छ । त्यसको लागि तयारी शुरु भएको वैदेशिक रोजगार विभागले जनाएको छ । कोरियाले मानव संशाधन विभाग (एचआरडी)सँग परीक्षा फेरि सञ्चालन गर्नेबारे सहमति भइसकेको विभागका महानिर्देशक दीपक काफ्लेले बताएका छन् । तर, मिति भने तय हुन बाँकी छ ।

आवश्यक प्रोटोकल पनि तयार गरेर परीक्षा गर्ने योजना विभागको रहेको छ । अबको भाषा परीक्षा कम्प्युटर प्रणालीमा आधारित हनेभएकाले कम्प्युटर पूर्वाधारसहितको उचित स्थान खोजिरहेको उनले बताए । उनका अनुसार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा रहेको कम्प्युटर प्रयोगशालामा विकल्पका रुपमा भेटिएको छ । ईपीएस कोरिया शाखाका अनुसार अहिले सीभीटी परीक्षाका लागि कार्यालयमा रहेको कम्प्युटर भाषा परीक्षाका लागि पर्याप्त हुँदैन । शाखाले परीक्षा सञ्चालन गर्ने गरी तयार गरेको भवनमा निर्माणपछि प्राविधिक समस्या देखिएको छ ।

Advertisement
Advertisement

२०२१ लागि २०७७ जेठमा हुनुपर्ने परीक्षा अहिलेसम्म भएको छैन । सो वर्ष कोरियाले पाँच हजारभन्दा बढी कामदार लैजाने गरी कोटा (सिलिङ) पठाइसकेको थियो । तर, प्रत्येक वर्ष चैतमा नै आवेदन लिने गरिएकोमा सो वर्ष लकडाउनका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन । सोही परीक्षाबाट कोरियाले परीक्षामा नक्कली परीक्षार्थीलाई प्रवेश नै दिन नसकिने गरी बायोमेट्रिक प्रणाली लागू गर्न चाहेको थियो । त्यसको तयारीमा जुट्दै गर्दा कोरोनाको सन्त्रासका कारण तयारीहरु पूरा हुन पाएन ।

नेपालबाट सन् २०२०का लागि मात्रै ९२ हजार कामदारले कोरियन भाषाका लागि परीक्षाका लागि आवेदन दिएका थिए । सरकारले २०७६को अन्तिम साताबाटै कोरोनाको त्रासको कारण देखाउँदै भाषा परीक्षा पास गरेर भिसा आएका कामदारलाई कोरिया पठाउन रोकेको थियो । कोरियाको श्रम मन्त्रालयका अनुसार ईपीएसमार्फत कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिने क्रम नोभेम्बर अन्तिम हप्ता सुरु हुन लागेको हो । ईपीएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेका छन् । तर कोरोना महामारी सुरु भएसँगै सम्पूर्ण प्रक्रिया रोकिएको थियो ।

Advertisement

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top