×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एमसीसीबारे देउवा र प्रचण्डमध्ये एक जनाले झुटो बोले : केपी ओली

२२ कार्तिक २०७८

२२ कात्तिक, विराटनगर ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे सत्तारुढ गठबन्धनका नेताहरुले झुटो बोलेको बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुको एमसीसीबारे राखेको जिज्ञासामा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनाले झुटो बोलेको बताएका हुन् ।

Advertisement
Advertisement

उनले भने, ‘एमसीसीको बारेमा सरकारलाई सोध्नुस् न,’ उनले भने, ‘शेरबहादुरजी हस्ताक्षर गरेर पठाएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ । दुई जनामध्ये एउटाले त झुट बोलेको हो नि, होइन ?’

उनले एमालेले अहिले नै एमसीसीका बारेमा केही नबोल्ने बताए । केही दिन अघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न आफू र प्रचण्डले हस्ताक्षर गरेर एमसीसी मुख्यालयलाई पत्र पठाएको बताएका थिए भने प्रचण्डले आफूले त्यस्तो पत्र नपठाएको दाबी गरेका थिए ।

Advertisement

यस्तै, ओलीले प्रतिनिधिसभा विघटन उल्टाउँदा देखिनै अदालतमा राजनीति घुसेको बताए । विघटन सम्बन्धी फैसलाले न्याय मरेको उनले बताए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top