×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मौसमविद्ले भने- देशभर चिसो बढ्यो, आफ्नो ख्याल गर्नु

२२ कार्तिक २०७८

२२ कात्तिक, काठमाडाैँ ।

मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले शतर्क रहन आग्रह गरेको छ । सोमबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम शुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न शतर्क रहनुपर्ने बताएका हुन् उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताए । वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौँको तापक्रम १७ डिग्रिबाट ८ डिग्रि सेल्सियससम्म झरेको बताए। उनले कार्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस वान डिग्रि सेल्सियससम्म पुगेको जानकारी दिए । आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको बताए।

Advertisement
Advertisement

वरिष्ठ मौसमविद् पौडेलले भने, ‘यो हप्ता दिन १० दिन भयो, खास गरी नेपालको विभिन्न स्थानको बिहानको र रातीको न्यूनतम तापक्रम (चिसिने क्रम) बढ्दै गएको देखिन्छ, हप्ता, १० दिनको कुरा हेर्दा न्यूनतम तापक्रम काठमाडौँको १६÷१७ डिग्रिबाट घट्दै ९ डिग्रिसम्म गएको अवस्था छ, कात्तिक महिनामा नै यत्ति चिसो हुँदै जाँदा विशेष गरेर रातीको आकाश खुल्ला अवस्थामा छ, दिनहरु पनि छोटो हुँदै जान्छ, त्यसैले आगामी दिनहरुमा चिसो पनि बढ्दै जान्छ, हामी जाडो याममा प्रवेश गर्दैर्छौं, यो क्रम बढ्दै जान्छ तर अहिले नै यतिसम्म चिसो जान्छ भनेर भन्न सकिँदैन, क्रमिक रुपमा जाडो बढ्दै जान्छ, हिजो आजको मोसम हेर्दा नेपालको केसमा हामीसँग भएको मौसम केन्द्रको तथ्यांक हेर्दा जुम्लामा माइनस वानसम्म पुगेको अवस्था छ, काठमाडौंमा ९ डिग्रिसम्म आएको अवस्था छ, त्यसले गर्दा अहिले नै माइनसमा जान्छ काठमाडौँमा भन्न सकिँदैन तर तापक्रम माइनस वा जिरोको आसपास जान सक्छ यो वर्ष, अझै जाडो आउने दिनहरु मंसिर, पुस, माघ महिना बाँकी नै छ, कात्तिकमै यत्तिको जाडो हुँदा यही क्रमले अलि जाडो हुने देखिन्छ ।’

वरिष्ठ मौसमविद् पौडेलले भारत र चीनमा पनि प्रदूषण बढीरहेकोले नेपालमा पनि जाडो याममा मुख्य शहरहरुमा प्रदूषण बढ्न सक्ने बताए । उनले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायु मण्डल नजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौँ लगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुर जस्ता शहरहरुमा आगामी दिनमा प्रदूषण बढ्ने बताए । वरिष्ठ मौसमविद् पौडेलले प्रदूषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिने तर्फ लाग्नुपर्ने बताए । उनले जाडोलाई मध्यनजर गर्दै त्यसबाट बच्नका लागि सरकारले तयारी थाल्नु पर्ने बताए ।

उनले भने, ‘भारतमा, चीनको बेइजिङमा पनि पोलुसन (प्रदूषण) बढ्दै गएको छ भन्ने कुराहरु आइरहेको छ, गत वर्ष पनि नेपालका काठमाडौँ लगायत मुख्य शहरहरुमा जाडो याममा बढी तुवाँलो लागेको थियो, धुम्म भएको थियो, अत्याधिक प्रदूषित शहर भनिएको थियो, यो वर्ष पनि मौसमको भाषाले भन्दा वर्षा याम वा चैत्र, वैशाख, जेठ जस्तो ठूलो हावाहुरी, लामो समय पानी पर्ने हुँदैन, लामो समयसम्म पानी परेन, हावा चलेन भने प्रदूषण जमीन नजिकै वायुमण्डलको तल्लो तहमा थिग्रिएर बसेको हुन्छ, त्यसले गर्दा काठमाडौँ लगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, जनकपुर आगामी दिनमा पनि प्रदूषण हुन सक्ने सम्भावना छ, त्यसैले हामीले अहिले बाट नै त्यसको तयारीका कुराहरु अपनाउनु पर्ने हुन्छ, लामो समय हिउँद र वर्षा याममा वर्षा भएन भने त्यस किसिमको प्रदूषण हुन्छ, तराईमा हुस्सु लाग्ने हुन्छ, चिसो लाग्ने सम्भावना माइनसमै जान्छ भनेर भन्न सकिँदैन, तर काठमाडौंको कुरा गर्दा चिसो जिरोकै आसपासमा हुन्छ, त्यसैले जाडो यामलाई मध्यनजर गर्दै त्यही अनुसार तयारीका कुराहरु व्यवस्थित गर्नुपर्छ, स्थानीय निकाय, प्रदेश, सेन्ट्रल गभर्मेण्ट, सबै मिलेर बढी चिसोबाट जनधनको क्षति नहोस् तयारीका कुराहरु अहिलेबाटै अपनाउनु पर्छ, विशेष गरेर गर्मी याममा भन्दा जाडो याममा प्रदूषण बढी हुन्छ, वायुमण्डल स्थिर भएर बसेको हुन्छ, त्यसले गर्दा जति पनि प्रदूषणहरु हुन्छ, हाम्रो भेकल, गाडीहरुबाट जाने, उद्योगहरुबाट जाने प्रदूषणहरु वायुमण्डलको माथि आकाशमा उड्न सक्दैन, वायुमण्डलको तल्लो स्तरमा बसेको हुन्छ, त्यही लेयरबाट हामी श्वासप्रश्वास गर्छौं, त्यस्तोबेलामा आँखा पिरो हुने, धमिलो हुने,कतिपय स्थानमा दिउँसै अध्यारो जस्तो हुने, जाडो याममा लामो खडेरी भयो भने त्यस्तो खालको गतिविधि हुन्छ, यस्तो बेलामा वायुमण्डल स्थिर हुन्छ, त्यसैले के पनि भनिन्छ भने जाडो याममा मर्निङ वाक गर्न राम्रो मानिँदैन, बरु बन्द कोठामा योगा गर्नुपर्छ, जाडो याममा दिउँसोको तुलनामा बिहान र बेलुका बढी प्रदूषण हुन्छ, त्यसैले धेरै भीडभाड हुने शहरी क्षेत्रमा यस्तो खालको अवस्था हुनसक्छ, त्यसैले घरभित्रै बस्ने, मर्निङ वाकमा ननिस्किने, दिउँसो घाम लागेको बेलामा मात्रै बाहिर निस्किने, चिसोबाट बच्ने उपायहरु अपनाउने, बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउँदै जानुपर्ने हुन्छ ।’

Advertisement

वरिष्ठ मौसमविद् पौडेलले जाडो याममा बढी नै प्रदूषण हुने भन्दै घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउनु पर्ने बताए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top