सत्तारुढ दलहरुले बनाए ११ सदस्यीय समन्वय समिति, २ महिनाका लागि रामचन्द्र पौडेल संयोजक

२२ कात्तिक, काठमाडौं।

Advertisement

सत्तारुढ गठबन्धनले सरकार सञ्चालनमा सहयोग गर्न भनेर ११ सदस्यीय समन्वय समिति गठन गरेको छ। गठबन्धनको सोमबार साँझ बसेको बैठकले गठबन्धनमा रहेका सबै दलको प्रतिनिधित्व हुने गरी संयन्त्र गठन गरेको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए।

उनका अनुसार गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट २–२ जना सदस्य रहनेछन्। यस्तै, मन्त्रिपरिषद्‌बाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सदस्य रहनेछन्।

Advertisement

समितिमा नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल (प्रचण्ड) र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट माधव कुमार नेपाल र नाम पठाउन बाँकी १ जना, जनता समाजवादीबाट उपेन्द्र यादव र नाम पठाउन बाँकी १ जना तथा जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल संयन्त्रका सदस्य हुने जनाइएको छ।

संयन्त्रको नेतृत्व सबै दलले २–२ महिनाका लागि गर्ने सहमति भएको छ। अहिलेका लागि कांग्रेसबाट रामचन्द्र पौडेल संयन्त्रको संयोजक रहनेछन्।

Advertisement

संयन्त्रमा प्रधानमन्त्री देउवा भने छैनन्। तर, संयन्त्रको हरेक बैठकमा प्रधानमन्त्री देउवा पनि सहभागी हुने जनाइएकाे छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top