आन्तरिक यात्रुलाई गोल्डेन गेटबाटै निःशुल्क बस सेवा सुरु

२२ कात्तिक ७८, मंगलबार

२३ कात्तिक, काठमाडाैँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका हवाई यात्रुको सुविधालाई दृष्टिगत गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । साेमबारदेखि विमानस्थलको गोल्डेन गेट (प्रवेशद्वार) बाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारी साधनको व्यवस्था गरिएको हो । हाललाई प्राधिकरणका दुईवटा माइक्रोबसले सेवा सुरु गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उक्त बस सेवाको शुभारम्भ गर्दै आन्तरिक उडानका यात्रुको सहजताका लागि बस सेवा सञ्चालन गरिएको बताए । मन्त्री आलेले थप दुईवटा बसको व्यवस्था गर्नसमेत प्राधिकरणलाई निर्देशन दिएका छन् । उनले गोल्डेन गेट र आन्तरिक टर्मिनल भवन अगाडि यात्रुको सुविधाका लागि संरचना बनाउनसमेत निर्देशन दिएका छन् ।

यसअघि आन्तरिक उडानबाट आएका यात्रुलाई ट्याक्सीले अत्यधिक मूल्य लिएको भन्दै गुनासो आएको थियो । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले यात्रुको सहजताका लागि तीनवटा बस गोल्डेन गेटमा र सोही सङ्ख्यामा बस आन्तरिक टर्मिनलमा राखेर सञ्चालन गरिनेछ ।

खासगरी आन्तरिक उडानमा यात्रुले लामो बाटो ब्यागेज बोकेर कष्टकासाट गाडीसम्म पुग्नुपर्ने र कतिपय यात्रुले बालबच्चाका साथ गह्रुङ्गो झोला बोक्नुपर्ने बाध्यताको अन्त्यका लागि बस सेवा सञ्चालन गरिएको हो । यात्रुले दुःख पाएको र ट्याक्सीसँग बार्गेनिङ गर्दा ठूलो रकम खर्च गर्नु परेको गुनासो आएपछि यात्रुका लागि बसको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । अबदेखि यात्रुले विमानस्थलको बाहिर ओर्लिएर सिधै सार्वजनिक यातायात वा आफ्नो रोजाइको यातायातमा यात्रा गर्न सक्नेछन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top