पूर्णअशक्त व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा गराउने गण्डकी प्रदेशका अर्थमन्त्रीको घोषणा

२३ कात्तिक ७८, मंगलबार
Share this
755shares

२३ कार्तिक, काठमाडौं ।

Advertisement

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले यसै वर्षदेखि प्रदेशका पूर्णअशक्त व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा गराउन पहल गर्ने बताएका छन्।

अपाङ्गता भएका व्यक्तिको हकहितमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थाका पदाधिकारीसँग भएको छलफलमा मन्त्री बरालले पूर्ण अशक्तको स्वास्थ्य बिमा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

Advertisement

राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष खोमराज सुवेदीसहितको टोलीले मन्त्री बरालसमक्ष स्वास्थ्य बिमा कार्यक्रमसहित प्रदेशमा रहेका पूर्ण असक्तको तथ्यांक सङ्कलन गर्नुपर्नेमा जोड दिएको थियो।

स्वास्थ्य बिमामा फिजियो थेरापी, हेमोफेवियालगायत रोगको उपचार गर्न, उपचार सहज तथा सरल गराउनका लागि आवश्यक औषधि उपलब्ध गराउन र पायक पर्ने अस्पतामला उपचार गर्ने वातावरण बनाउन सहभागीहरुले मन्त्री बरालसमक्ष माग गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top