राज्यको नजरमा छैन, दुर्गम गाउँ लाम्पाटा

२२ कात्तिक ७८, मंगलबार

२३ कार्तिक, बाजुरा ।

दूरीका हिसाबले जिल्लाको सबैभन्दा टाढाको गाउँ भनेर चिनिने स्थान हो, लाम्पाटा । जहाँ अहिलेसम्म राज्यको समेत नजर परेको देखिँदैन ।

हिमाली गाउँपालिका–३ मा रहेको सो गाउँ बाजुरा उत्तरी क्षेत्रको अन्तिम गाउँ छिमेकी जिल्ला हुम्लासँग जोडिएको छ । उक्त गाउँमा १३ घरपरिवार छन् ।

सदरमुकाम मार्तडीबाट झण्डै ५० कोष टाढा अर्थात् पैदलबाट पाँच दिनमा पुगिने लाम्पाटा गाउँवासीले अहिलेसम्म सरकारी सेवाको अनुभूतिसमेत पाएका छैनन् ।

स्वास्थ्य, शिक्षालगायत आधारभूत सेवाबाट पनि बञ्चित हुनुपरेकोे स्थानीयवासी इन्द्रा गुरुङ बताउँछन् । गाउँमा पाँच वर्षमुनिका १५ बालबालिका रहेका र अहिलेसम्म कसैले पनि खोप लगाउन नपाएको उनको गुनासो छ ।

उक्त गाउँमा सबै जनजातिकमो बसोबास छ । गाउँमा बालविकास केन्द्रसम्म छैन । स्वास्थ्यचौकी वडा नं १ बिच्छँयामा छ । त्यहाँ पुग्न दुई दिनभन्दा बढी समय लाग्छ। स्थानीयवासी लक्ष्मी गुरुङ गर्भवती भएको छ महिना भयो, अहिलेसम्म उनले कुनै खोप लगाउन र स्वास्थ्य जाँच पनि गराउन नपाएको बताउँछन् । गाउँका अन्य महिलाले सुत्केरी हुँदा लगाइने खोप र अन्य सेवासमेत नपाएको उनको गुनासो छ ।

उनीहरूको जग्गाको लालपुर्जा बाजुरा जिल्लाकै छ । तर हुम्लाका बासिन्दाले सो क्षेत्र आफ्नो भएको जिकिर गरिरहेका छन् । जग्गाको लालपुर्जा यताको छ तर जङ्गलको भोकचलन हुम्लाका बासिन्दाले गर्ने गरेको स्थानीयवासी छप्किलाल बुढा बताउँछन् । त्यस गाउँमा सुरक्षाको समेत अभाव छ ।

प्रहरी प्रशासनको पहुँचभन्दा टाढा रहेको यो क्षेत्रमा चोरी शिकारीसमेत बढ्दै गएको छ ।लाम्पाटा पुग्न गुम्बा गाउँ भएर जानुपर्छ । पुल र बाटो नहुँदा आवतजावतमा समस्या छ । लाम्पाटामा के भयो, के हुँदैछ र गाउँमा राज्यका तर्फबाट के हुँदैछजस्ता सबै सूचनाबाट प्रायः बिमुख हुने गरेको उक्त गाउँपालिकाले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top