हजारौं आप्रावासी पोल्यान्डको सिमानामा रोकिए

२२ कात्तिक ७८, मंगलबार

२३ कार्तिक, वार्सा ।

पोल्यान्डले आफ्नो देशतर्फ प्रवेश गर्न लागेका हजारौं आप्रावासीलाई रोकेको जनाएको छ । बेलारूसको पूर्वी सिमानाबाट आफ्नो देशतर्फ बढेका आप्रावासीलाई रोकेको पोल्यान्डले जनाएको हो ।

दुई देशको सिमानामा राखिएका काँडेतार नाघेर आप्रावासीहरु पोल्यान्डतर्फ प्रवेश गरिरहेको एउटा भिडियो फुटेजमा देख्न सकिन्छ ।

आप्रावासीको प्रवाह बढेपछि पोल्यान्ड सरकारले आकस्मिक वैठक बोलाएको थियो । बैठकले सिमानामा १२ हजार सुरक्षाकर्मी तैनाथ गर्ने निर्णय गरेको छ । आफ्नो देशमा आएका अबैध आप्रवासीलाई सिमानामा पठाइदिएको पोल्यान्डले बेलारुसमाथि आरोप लगाएको छ ।

पछिल्लो समयमा बेलारुसबाट गैरकानूनी रुपमा आप्रावासीहरु पोल्यान्ड, लिथुआनिया र लाटभियातर्फ प्रवेश गरेका ती देशहरूले गुनासो गर्दै आएका छन् । तीमध्ये अधिकांश आप्रावासी मध्येपूर्व र एसियाली देशका छन् ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले अन्य मुलुकमा गैरकानूनी आप्रावासीको प्रवाह बढाउन सहयोग गरेको युरोपेली देशहरुले आरोप लगाएका छन् । –एजेन्सी

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top