सुर्खेतमा सात वर्षीया बालिकाको हत्या

२२ कात्तिक ७८, मंगलबार

२३ कार्तिक, कर्णाली ।

Advertisement

लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ।

लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा सोमबार शव फेला पारेको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए।

Advertisement

उनकाअनुसार बालिका आइतबार बिहान १० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी तर घर नफर्केपछि परिवारले सोमबार बिहान ९ बजे इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो।

खबर प्राप्त भएलगत्तै इप्रकाका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवाको नेतृत्वमा रहेको पाँच प्रहरीको टोलीले खोजतलास गर्दा देवीलालको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला पारेको थियो।

Advertisement

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्रहरी अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top