विपी र पुष्पलालको सालिक ईश्वर पोखरेलले अनावरण गर्ने भएपछि विवाद, निषेधाज्ञा जारी

२३ कात्तिक ७८, बुधबार

२४ कार्तिक, सिन्धुली ।

Advertisement

सिन्धुलीमाढीको बालउद्यान पार्कभित्रको विपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण गर्ने विषयमा विवाद हुँदा सिन्धुलीमा निषेधाज्ञा जारी गरिएको छ ।

पार्कभित्रको विपी र पुष्पलालको सालिक एमाले महासचिव ईश्वर पोखरेलले गर्ने नगरपालिकाको निर्णयविरुद्ध सत्ता गठबन्धनका दलले विरोध गरेपछि सालिक अनावरण गर्ने कार्यक्रम स्थगित गदै बुधबार बिहान ११ बजेदेखि मध्यराति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

Advertisement

निषेधाज्ञा सिन्धुलीमाढीस्थित बसपार्क क्षेत्र, स्टलबजार, जुनार चोक, सिन्धुली अस्पताल आसपासको क्षेत्रमा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

निशेधाज्ञामा उक्त क्षेत्रमा जुलुस, धर्ना, आमसभालगायत शान्ति सुरक्षामा असर पुग्ने कुनै पनि किसिमका कार्यहरू गर्न पाईने छैन । सिन्धुलीमाढीको बालउद्यान पार्कभित्रको विपी र पुष्पलालको सालिक अनावरण एमाले महासचिव पोखरेलले बुधबार बिहान १० बजे गर्ने नगरपालिकाले निर्णय गरेको थियो ।

Advertisement

सर्वदलीय निर्णयबाट सालिक अनवारण गर्नुपर्ने मागसहित सत्ता गठबन्धन दलले विरोध गदै मंगलबार पार्कमा तालाबन्दी गरेका थिए । बुधबार बिहान लामो समयसम्म सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेका नेता कार्यकर्ताबीच विवाद भएको थियो ।

कुनै पनि पाटीको व्यक्तिले सालिक अनावरण गर्न नमिल्ने भन्दै कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरूले सालिक अनावरण गर्न रोक गरेका थिए । गठबन्धन दलका कार्यकर्ताहरूले पार्कलाई घेरेका थिए भने एमालेसम्बद्ध नेता तथा भ्रातृ संगठन युवा संघका कार्यकर्ता ठूलो संख्यामा जम्मा भएका थिए । विवाद बढेपछि व्यापकमात्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top