धनुषामा दुर्घटनापछि यात्रुवाहक बसमा आगलागी, १२ जना घाइते

२३ कात्तिक ७८, बुधबार

२४ कार्तिक, धनुषा ।

धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दुर्घटनापछि बसमा आगो लागे पनि मानवीय क्षति नभएको इलाक प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए ।

दुर्घटनामा घाइते हुनेमा सात जना महिला, चार जना पुरुष र एक जना बालक रहेका उनले बताए । घाइतेमध्ये १० जनाको पुष्पवलपुर स्थित एक नीजि स्वास्थय उपचार केन्द्रमा दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्रु सकुशल रहेका छन् ।

दाङको तुलसीपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बर यात्रुवाहक बसको सन्तुलन बिग्रेपछि सडकबाट तल खस्दा दुर्घटना भएको उनले जानकारी दिए ।

धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्ग दुर्घटना हुँदा बसको पुरै भाग जलेर नष्ट भएको छ । सडकबाट तल खसेको बसमा आफैँ आगो लागेको थियो । बस पल्टिने क्रममा तेलको टंयाकी फुटेर आगो लागेको प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक सुवेदीले बताए ।

बसमा लागेको आगो ढल्केवरस्थित दंगा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवर जनपद प्रहरीले बरुण यन्त्रको मद्दतले नियन्त्रण लिइएको छ। आगोमा परी अधिकांश यात्रुको समान समेत जलेर नष्ट भएको छ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top