×

NEPAL TIMES UPDATES

Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026

एप्पलको पहिलो कम्प्युटर ५ करोड रुपैयाँमा बिक्यो

२५ कार्तिक २०७८

२५ कात्तिक, एजेन्सी ।

एप्पलले पहिलो पटक उत्पादन गरेको एक कम्प्युटर पाँच करोड रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भएको छ । सन् १९७६ मा निर्माण गरी बजारमा ल्याएका एप्पल वान कम्प्युटरमध्ये चालु हालतमा रहेको उक्त कम्प्युटर मंगलबार लिलामी मार्फत् चार लाख डलरमा बिक्री भएको हो ।

Advertisement
Advertisement

अमेरिकाको क्यालिफोर्नियास्थित जोन मोरान लिलामघरले लिलामीमा राखेको उक्त कम्प्युटरको मूल्य ६ लाख डलर पर्ने अपेक्षा गरिएकोमा ५ लाख मात्रै परेको जनाइएकाे छ ।

एप्पल वान कम्प्युटरसँगै एप्पल वान एनटीआई मदरबोर्ड, काडको खोलमा राखिएको एप्पल क्यासेट एडाप्टर, डाटानेटिक्स किबोर्ड रेभ डी, १९८६ प्यानासोनिक भिडियो मनिटर, एप्पल वान कनेक्टिंग केवल र विजुलीमा जोड्ने तारलगायतका सामानहरू लिलामीमा राखिएको छ । त्यस्तै त्योसँगै एप्पल वानको बेसिन म्यानुअल, एप्पल वान अपरेसन्स गाइड, प्रोग्रामिङ म्यानुअल तथा दुईवटा एप्पल वान सफ्टवेयर क्यासेट टेपपनि रहेका छन् ।

उक्त एप्पल वान कम्प्युटर एप्पलका एकजना संस्थापक स्टिभ वज्नियाकले डिजाइन गरी अर्का संस्थापक स्टिभ जब्सले पाटपुर्जा जडान र परीक्षण गरेका थिए ।

सो कम्प्युटरलाई हालै यो क्षेत्रका दिग्गज विज्ञहरूबाट मूल्यांक, परीक्षण तथा मर्मतलगायतका काम गरी यो पूर्णरुपमा चालु हालतमा रहेको प्रमाणित गरिएको छ ।

विश्वमा हालसम्म कोआ काठबाट बनेका एप्पल वानका खोल केवल ६ वटा मात्र अस्तित्वमा छन् । वनविनासका कारण कोआ वनस्पती नासिएर यो काठ दुर्लभ तथा महँगो बनेको छ ।

Advertisement
Advertisement

एप्पलले आफ्नो पहिलो उत्पादनको रुपमा २ सय गोटा एप्पल वान कम्प्युटर निर्माण गरेको थियो, जसमध्ये १७५ वटा बिक्री भएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top