महाधिवेशनको रणनीति बनाउन बालुवाटारमा देउवा निकट नेताहरुको बैठक

महाधिवेशनको रणनीति बनाउन बालुवाटारमा देउवा निकट नेताहरुको बैठक

२५ कात्तिक, काठमाडौं ।

१४ औं महाधिवेशन नजिकिएसँगै नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकट नेताहरुसँगको छलफल बढाएका छन् ।

उनले बिहीबार दिउँसो आफू निकटका कांग्रेसका पदाधिकारीलाई छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएका हुन् । बैठक अहिले चलिरहेको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा देउवाले उपसभापति विजयकुमार गच्छदार र विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महतलगायतका नेतालाई बोलाएका छन् । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुँदैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.