महाधिवेशन स्थलको अवलोकन गर्न एमाले शीर्ष नेताहरु चितवनमा

२५ कात्तिक, चितवन ।

नेकपा एमालेका शीर्ष नेताहरुले महाधिवेशन स्थलको अवलोकन भ्रमण गरेका छन् । बिहीवार पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले एमालेको महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका हुन् ।

पार्टीका महासचिव ईश्वर पोखरेल सँगै नेताहरु विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल, योगेश भट्टराईलगायतका शीर्ष नेताहरु महाधिवेशन स्थल नारायणी किनारको अवलोकन गर्न चितवन पुगेका थिए ।

Advertisement

उनीहरुले एमालेको महाधिवेशन स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका छन् भने महाधिवेशनको बन्दसत्र हुने सौराहमा पनि स्थलगत अवलोकन गरेका छन् । चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव ईश्वर पोखरेलले महाधिवेशन स्थलको निरीक्षण र आवश्यक तयारीका लागि चितवन आएको बताए । उनले स्थलगत निरीक्षणपछि छलफल गरिने र आवश्यक तयारीका काम अगाडि बढाउने जानकारी दिए । समसमायिक विषयमा संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै महासचिव पोखरेलले वर्तमान सरकारले राम्रो काम गर्ने कुनै संकेत नभएको टिप्पणी गरे् । सरकारबाट कुनै अपेक्षा नभएकाले पनि राम्रो काम नहुँदा अचम्म नलागेको उनको भनाइ छ ।

Advertisement

महासचिव पोखरेलले भने, ‘यो सरकार जुन धरातलमा बनेको छ, यसले कुनै काम गर्ला भन्ने आशै थिएन छैन, त्यसैले राम्रो काम नगर्दा पनि अचम्म लाग्दैन, हामी महाधिवेशनको लागि चुनिएको स्थल अवलोकन र तयारीका लागि आएका हौँ ।’

महासचिव पोखरेलले पार्टीभित्र १० बुँदे सहमति आधारभूतरुपमा कार्यान्वयन भइसकेको र केही ठाउँमा विवाद भए स्थानीय स्तरबाटै टुंगो लगाउने बताए । उनले पार्टीको महाधिवेशनको तयारीका कामहरु धमाधम अघि बढेको पनि जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top