‘म यस्तो गीत गाउँछु २’ माघ १९ गते रिलिज हुने

२५ कात्तिक, काठमाडौं।

Advertisement

सुदर्शन थापाको निर्देशनका बनेको फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिति तोकिएको छ। फिल्मलाई माघ १९ मा प्रदर्शन गरिने निर्देशक थापाले जानकारी दिएका छन्। २०७६ फागुन ३० गते प्रदर्शनको मिति तोकिएको फिल्मको प्रदर्शन कोरोना महामारीका कारण रोकिएको थियो।

महामारीका कारण फिल्म प्रदर्शन हुन नपाएपछि लामो समयसम्म फिल्मको प्रदर्शन तोकिएन। फिल्ममा मुख्य भूमिकामा पूजा शर्मा, पल शाह, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल लगायतको अभिनय छ। उक्त फिल्म पूजा शर्मा र सुदर्शन थापाको संयुक्त लगानीमा निर्माण भएको हाे । थापाले सामाजिक सञ्जालमा आफ्नो फिल्म पूरै चलचित्र क्षेत्रलाई चलायमान बनाउने उदेश्यले प्रदर्शन गर्न लागिएको उल्लेख गरेका छन्।

Advertisement

उनले लेखेका छन्, ‘कुनै एक चलचित्र मात्र नभई पूरै नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो। सोही उद्देश्यका साथ नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’ यही वर्षको माघ १९ मा प्रदर्शन गर्ने निर्णय गरेका छौं।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top