२५ कात्तिक, एजेन्सी ।
आइसिसी टि२० विश्वकप २०२१ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
बिहीबार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा अष्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । पाकिस्तान र अष्ट्रेलिया दुबैले आजको खेलमा टोलीमा परिवर्तन गरेका छैनन् ।
पाकिस्तान अपराजित यात्रालाई कायम राख्दै फाइनलमा पुग्न चाहन्छ । अष्ट्रेलिया पाकिस्तानलाई पहिलो हार चखाउँदै फाइनलमा स्थान बनाउने सोचमा छ । आजको विजेताले फाइनलमा उपाधिको लागि न्युजिल्यान्डसँग खेल्नेछ ।