बार आन्दोलन उत्कर्षतर्फ

२५ कात्तिक ७८, शुक्रबार

२६ कार्तिक, काठमाडौँ ।

नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज शुक्रबार सर्वोच्च अदालत परिसर प्रवेश गर्न रोक्ने निर्णय गरेको छ ।

बिहीबार सर्वोच्च परिसरमा विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोशित बनेका कानुन व्यवसायीले शुक्रबार बिहान ९ः३० बजे नै भेला भएर आन्दोलन गर्न लागेको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै १९ दिनदेखि न्यायिक वृत्त आन्दोलित छ । आन्दोलनकै कारण सयौं मुद्दा सुनुवाइ प्रभावित बनेको छ ।

सर्वोच्च परिसरमा प्रधानन्यायाधीशविरुद्ध दैनिक हुँदै आएको बिहीबार विरोध सभा झडपको स्थितिमा पुगेपछि कानुन व्यवसायी थप सशक्त आन्दोलनमा उत्रिन लागेका हुन् । बिहीबार नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले विज्ञप्ति जारी गर्दै सबै कानुन व्यवसायीलाई बिहान ९ः३० बजे नेपाल बार एसोसिएसमा उपस्थित हुन निर्देशन दिएका छन् ।

बारले भनेको छ, ‘आफ्नै अदालत र कानुन व्यवसायीबाट मात्र नभएर आमनागरिकबाटै बहिष्कृत प्रधान न्यायाधीशको विरोधमा नेपाल बार एसोसिएसन र आबद्ध सम्पूर्ण एकाइहरूले भविष्यमा थप कठोर कदम चाल्न बाध्य हुने बेहोरा जानकारी गराउँदै भोलि मिति २०७८÷७÷२६ गतेका दिन सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने, बेन्च बहिष्कार गर्ने र माननीय न्यायाधीशज्यूहरूलाई समेत प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न र भोलि मिति २०७८÷७÷२६ गते बिहान ९ः३० बजे नै सम्पूर्ण कानुन व्यवसायीलाई नेबोलाएमा उपस्थित हुनसमेत अपिल गर्छौं ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top