सेबोन अध्यक्षका लागि १२ जनाको उम्मेद्वारी

२५ कात्तिक ७८, शुक्रबार

२६ कार्तिक, काठमाडौं ।

Advertisement

नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ। आवेदन दिने अन्तिम दिन बिहीवारसम्ममा १२ जनाले आवेलन दिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

उक्त पदका लागि आवेदन दिनेमा नीरज गिरी, डा नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिरन्जीवी चापागाईं, कृष्णप्रसाद आचार्य, जीवन अमगाई, गोपाल भट्ट, डा केशवप्रसाद श्रेष्ठ, रमेश हमाल,अम्बिका रिमाल र हेमन्त बस्याल रहेका छन्।

Advertisement

आवेदन दिनेमध्ये गिरी बोर्डका कार्यकारी निर्देशक हुन् भने अधिकारी नायब कार्यकारी निर्देशक हुन्। आवेदन दिनेमा नेप्सेका पूर्वकार्यकारी अधिकृत, बैंकर, बीमा समितिका पूर्व अध्यक्ष, चार्टर्ड एकाउन्टेन्ट तथा लगानीकर्तासमेत छन्।

सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा संलग्न रहेको भन्दै तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेपछि सो पद रिक्त छ।

Advertisement

सेबोन अध्यक्षको नाम सिफारिस गर्न अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पोडेल, अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यका रुपमा प्राडा नारायणप्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको छ। समितिले १२ जना आवेदकबाट ३ जना छनोट गर्नेछ।

समितिको सिफारिसका आधारमा सरकारले एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्नेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top