×

NEPAL TIMES UPDATES

Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026

चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ दर्शन बन्दै राष्ट्रपति सी

२६ कार्तिक २०७८

२६ कात्तिक, काठमाडाैँ।

छिमेकी राष्ट्र चीनका महान नेता माओ त्से तुङ् सँग दाजिएका तथा चिनियाँ संसविधानमा नै आफ्नो दर्शन स्थापित गराउन सफल चिनियाँ राष्ट्रपतिलाई राजनीतिक इतिहासमा स्थापित गरिने भएको छ । चिनियाँ राष्ट्रपति सी जिङपिङलाई राजनीतिक इतिहासमा स्थापित गर्ने गरी चिनियाँ कम्युनिस्ट पार्टीले एउटा ’’ऐतिहासिक प्रस्ताव’’ पारित गरेको छ।

Advertisement

पार्टीको १०० वर्ष लामो इतिहासको सारांशको रूपमा रहेको उक्त दस्ताबेजमा पार्टीका महत्पूर्ण उपलब्धिहरू र भावी दिशा बारे विषयहरूलाई सम्बोधन गरिएको छ। पार्टी स्थापना पछि यस्तो प्रस्ताव पारित भएको यो तेस्रो पटक हो। पहिलो पटक सन् १९४५मा माओ त्से तुङ् र दोस्रो पटक सन् १९८१मा दङ सिओपिङले यस्तो प्रस्ताव पारित गरेका थिए। बिहीवार चीनको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक बैठकको छैटौँ पूर्ण सत्रमा उक्त दस्ताबेज पारित गरिएको हो। यस्तो प्रस्ताव पारित गराउने तेस्रो चिनियाँ नेताका रूपमा यो कदम सीलाई पार्टीका संस्थापक माओ र उनका उत्तराधिकारी दङसँग बराबरीको हैसियत प्रदान गर्न प्रति लक्षित रहेको देखिन्छ।

सरकारी समाचार माध्यम सिन्हुआद्वारा बिहीबार प्रकाशित एक वक्तव्यमा सीको नेतृत्वमा पार्टीले ‘यसअघि समाधान हुन नसकेका तर एजेन्डामा रहेका कैयौं अप्ठ्यारा समस्या समाधान गरेको र अपेक्षा गरिएका तर हुन नसकेका कैयौं कार्य सम्पन्न भएको’ उल्लेख छ । त्यस्तै, प्रस्तावमा ‘पार्टीका सबै सदस्यले एकताबद्ध भई काम गर्ने कुरालाई सुनिश्चित गर्नका लागि केन्द्रीय समिति र पार्टीभित्र कमरेड सीको आधारभूत पोजिसनलाई दृढतापूर्वक समर्थन गर्ने र केन्द्रीय समितिको अधिकार, समितिको केन्द्रीकृत एवं एकीकृत नेतृत्वलाई ढाडस दिने’ उल्लेख छ । केहीले उक्त प्रस्तावलाई चीनमा दङको नेतृत्वका बेला सुरु भएको र त्यसपछि जियाङ् जमिन सहित अन्य नेताहरूका पालामा समेत जारी रहेको दशकौँ देखिको विकेन्द्रीकरणलाई फिर्ता गर्ने सीको पछिल्लो प्रयासका रूपमा हेरेका छन्। चार दिनसम्म चलेको पार्टी बैठकमा १९औ केन्द्रीय कमिटीका पूर्ण र वैकल्पिक गरी ३७० भन्दा बढी नेताहरू जमा भएका थिए। आगामी वर्ष हुने ’न्याशनल कङ्ग्रेस’ बैठक अघि नेताहरूको यो प्रमुख बैठक हो।

आगामी वर्ष हुने ’न्याशनल कङ्ग्रेस’ बैठकमा सीले ऐतिहासिक रूपमा राष्ट्रपति पदमा तेस्रो कार्यकालको माग राख्ने अपेक्षा गरिएको छ। सन् २०१८मा चीनले राष्ट्रपतिका लागि दुई कार्यकालको व्यवस्था खारेज गरेको थियो जसले सीलाई आजीवन शक्तिमा रहने बाटो खोलिदिएको छ। सन् २०१८ मा चिनियाँ संसदले संविधानबाट राष्ट्रपतिको कार्यकालसम्बन्धी समय सीमा हटाएपछि सीलाई जीनवभर शासन गर्ने बाटो खुलेको थियो । साथै, सीले आफ्नै राजनीतिक विचारधारा स्थापित गर्दै पार्टीको विधानमा उल्लेख गर्न सफल भइसकेका छन् । यस्ता कदमबाट राष्ट्रपति भएयता उनको महत्वाकांक्षा बढ्न थालेको प्रस्ट हुन्छ । यसअघि माओ र देङले मात्रै यस्तो कदम चालेका थिए । प

छिल्लो समयमा आएर चीनको अन्तराष्ट्रिय छवि तथा कोरोनाकहरबाट चीन र चिनियाँलाई जोगाउने उनको रणनीतिको चिनियाँले प्रशंसा गर्ने गरेका छन् । अमेरिकाभन्दा औद्योगिक विकास र आर्थिक बृद्धिदरमा सधैं पछाडि रहेको चीन कोरोना कहरको आसपास तीव्र आर्थिक बृद्धिको बाटोमा उक्लिएको छ। अन्तरिक्ष मिसनमा सफलता, देशको सीमा सुरक्षामा प्राथमिकता तथा कोरोना खोपको विकास र वितरणका हिसावले पनि विश्वमा सी नेतृत्वको चीनले आफ्नो प्रभाव बढाउदै लगेको छ । यी सबै उपलब्धिको श्रेय राष्ट्रपति सीको पोल्टामा परेको छ ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top