अस्ट्रियामा खोप नलगाएकालाई लकडाउन

२५ कात्तिक ७८, शुक्रबार

२६ कात्तिक, एजेन्सी ।

अस्ट्रियामा कोरोना संक्रमण उच्च गतिमा बढ्न थालेपछि खोप नलगाएकालाई लकडाउन गर्ने तयारी गरिएको छ । अपर अस्ट्रिया राज्यले आगामी सोमबारदेखि प्रतिबन्ध लगाउने भएको छ ।

अस्ट्रियाको मुख्य शहर साल्जबर्गमा पनि नयाँ प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । खोप नलगाउनेका लागि देशव्यापी लकडाउन अपरिहार्य भएको अस्ट्रियाका गभर्नरको भनाइ छ । खोप लगाउन हिच्किचाउने मानिसका कारण देशको दुई तिहाइ जनसंख्याले संक्रमणको मार खेप्नु परेको बताइएको छ ।

जर्मनी र चेक रिपब्लिकसँग सीमा जोडिएको अपर अस्ट्रिया राज्यमा देशकै सबैभन्दा बढी उच्च संक्रमण दर रहेको छ । तर कोरोना विरुद्धको खोप लगाउनेको दर भने निकै न्युन रहेको छ । अस्ट्रियामा पछिल्लो २४ घन्टामा १२ हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । यो हालसम्मकै उच्च संक्रमण हो ।

अस्ट्रियाले यस अघि नै खोप नलगाउनेलाई रेस्टुरेन्ट, सिनेमा, स्की, सैलुन लगायतका स्थानमा जान प्रतिबन्ध लगाइसकेको छ । संक्रमण नियन्त्रणका लागि खोप नगाउनेलाई देशव्यापी लकडाउनको तयारी भइरहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top