×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

१२ वर्ष भन्दा माथि र दीर्घरोगीलाई देशभर खोप दिइने

२६ कार्तिक २०७८

२६ कात्तिक, काठमाडाैँ ।

सरकारले कोरोनाबिरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ । शुक्रवार फाइजर–बायोएनटेक प्रयोग गरी सञ्चालन हुने कोभिड–१९ खोप अभियानबारे पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा कोरोनाबिरुद्धको फाइजर–बायोएनटेक खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।

Advertisement
Advertisement

यो खोपको पहिलो मात्रा कार्तिक २८ देखि मंसिर ४ गतेसम्म सरकारले तोकेका देशभरका विभिन्न २४ अस्पतालहरुमा उपलब्ध हुनेछ । खोप वचत भएमा मंसिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीहरुलाई प्राथमिकतामा राखि र १२–१७ उमेर समूहका व्यक्तिहरुलाई लगाइनेछ । खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मंसिर २७ देखि पौष २ गतेसम्म दिइने स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । यो खोप १२ वर्ष भन्दा माथिको जनसंख्यालाई मात्र दिन मिल्ने भएकोले सोही उमेर समूहलाई मात्र लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले बताए । उनले यो खोप १२ वर्ष माथिका दीर्घरोगीहरुलाई पहिलो प्राथमिकतामा राखेर दिइने पनि बताए । प्रशासक दाहालले १२ वर्षमाथिका ८ प्रकारका दीर्घ रोगका बिरामीहरुलाई यो खोप दिइने बताए।

वरिष्ठ जनस्वास्थ्य प्रशासक दाहालले चने, ‘फाइजर–बायोएनटेक खोप १२ वर्षदेखि माथिको जनसंख्यालाई दिन मिल्ने भएकोले १२–१७ वर्षका व्यक्तिहरुलाई खोप दिइन्छ,यसको पहिलो मात्रा कार्तिक २८ देखि मंसिर४ गतेसम्म तोकिएका दीर्घरोगीहरुका लागि र खोप वचत भएमा मंसिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीहरुलाई प्राथमिकतामा राखि १२–१७ उमेर समूहका व्यक्तिहरुलाई लगाइनेछ, खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मंसिर २७ देखि पौष २ गतेसम्म दिइनेछ, खोप सेवा बिहान १० देखि ४ बजेसम्म दिइन्छ, यो खोप मुटुको बिरामी भइ अप्रेशन गरेका वा औषधि प्रयोग गरिरहेका, मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डाइलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यानसरको पहिचान भइ उपचारमा रहेका, फोक्सोको समस्या भइ चिकित्सकको पूर्जा बमोजिम औषधि सेवन गरिरहेका, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भइ चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका र मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग (पक्षघात, एन्यूरिजम, रक्तनलीमा भएका विकृति) आदि समस्या भएका दीर्घरोगीहरुलाई लगाइन्छ । ।’

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले यस खोपको माग धेरै भएपनि दीर्घरोगीहरुलाई नै दिइने बताए । उनले नेपालमा पनि अल्ट्रा पोल्ट खोप सञ्चालन गर्न सकिन्छ भनेर देखाउने अवसर भएको बताए।

प्रवक्ता पौडेलले भने, डिमाण्ड जति भए पनि दीर्घरोगीलाई नै दिइन्छ, हामीले अल्ट्रा पोल्ट नभएर मात्रै नेपालमा चलाउन नसकेको हो, हामीलाई हाम्रो प्रणालीले यो खोप पनि चलाउन सक्छ भनेर देखाउने परिक्षण हो यो हाम्रो प्रणाली र सिस्टमको ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले कोरोनाबिरुद्धको खोप लगाएपछि मानिसहरु एक किसिमले कवचधारी बन्ने बताए । उनले कोरोना भाइरसको जोखिम कायमै रहेकोले मास्क, सामाजिक दूरी र सरसफाइलाई ध्यान दिन आवश्यक रहेको बताए ।

महानिर्देशक सिंहले भने, ‘पmस्ट डोज ५० प्रतिशत टार्गेटमा राखेर गरिरहेका छौँ, सबैभन्दा एक्टिभ जति पपुलेशन छ, उहाँहरु एक किसिमले कवचधारी हुनुहुनेछ खोप लगाइसकेपछि, मास्क लगाउनुपर्छ, सरसफाइ गर्नुपर्छ, दूरी मेन्टेन गर्नुपर्छ, बालबालिका र वृद्धवृद्धाहरु जो हुनुहुन्छ ।’

देशभर कहाँ-कहाँ लगाइन्छ फाइजर खोप ?

सरकारले सञ्चालन गर्न लागेको कोरोनाबिरुद्धको फाइजर–बायोएनटेक खोप अभियान वीर अस्पताल, श्री वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रि.वि.शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, पाटन अस्पताल, भक्तपुर क्यानसर अस्पताल, शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, मेची प्रादेशिक अस्पताल, बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशि प्रादेशिक अस्पताल, गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल, जनकपुर प्रादेशीक अस्पताल, बि.पी. कोइराला स्मृति क्यानसर अस्पताल, धुलिखेल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, धौलागिरी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, कर्णाली प्रादेशिक अस्पताल, सेती प्रादेशि अस्पताल र डडेलधुरा अस्पतालमा सञ्चालन हुनेछ । खोप दीर्घरोग भएको तथा उपचार गराइरहेको पूर्जा, उमेर खुल्ने प्रमाणपत्र देखाएपछि लगाउन पाइनेछ ।

खोप लगाएपछि विभिन्न असर देखिने

Advertisement

यो खोप कोरोनाबिरुद्धको अन्य खोप लगाएको, १२ वर्ष भन्दा कम उमेरको, पहिलो मात्रा लगाएपछि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएको व्यक्तिहरुले लगाउन नहुने महाशाखाले जनाएको छ । खोप लगाएपछि अनपेक्षित रुपमा सुई लगाएको ठाउँमा दुख्ने, केही रातो हुने, सुनिने,टाउको दुख्ने, ज्वरो आउने, जाडो हुने, मांशपेशी दुख्ने, जोर्नी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, थकाइ लाग्ने, सुइ लगाएको हातको काखीको ग्रन्थी सुनिने लक्ष्ण देखा पर्न सक्छन् । त्यस्तै एनाफाइलेक्सिस्, मायोकार्डाइटिस, पेरिकार्डडाइटिस, शरीरमा साना बिमिरा आउने, चिलाउने, अनुहार सुन्निने, पखाला लाग्ने जस्ता अवाञ्छित लक्षणहरु देखा पर्छन

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top