न्यायाधीश र कानुन व्यवसायी सहभागी नभएपछि बस्न सकेन इजलास

२५ कात्तिक ७८, शुक्रबार

२६ कात्तिक, काठमाडौँ ।

न्यायाधीशहरूको अघोषित इजलास बहिष्कार र नेपाल बार एशोसिएशनको आन्दोलनका कारण सर्वोच्च अदालतमा आज कुनै पनि इजलास बस्न सकेन ।

न्यायाधीशहरुले अघोषित इजलास बहिस्कार गर्दै आएको र कानुन व्यवसायी समेत बहसमा सहभागी नभएपछि आज कुनै पनि इजलास बस्न नसकेको हो ।

सर्वोच्चले आजका ८ वटा इजलासमा २ सय २३ मुद्दाको पेशी तोकेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले यसअघि आफ्नो समेत इजलास राख्दै आएकोमा आज भने आफूलाई इजलासबाट अलग गरेका थिए ।

यसैबीच, प्रधानन्यायाधीश जबराको राजीनामा मागेर निरन्तर विरोधमा उत्रिएको नेपाल बार एशोसिएशनले आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाएको छ ।

बार एशोसिएसनले आज सर्वोच्चको मूल गेटमा धर्ना दिँदै सर्वोच्च प्रवेश गर्न नदिएपछि प्रधानन्यायाधीश जबरा अर्को गेट प्रयोग गरी सर्वोच्च प्रवेश गरेका थिए ।

बिहीबार सर्वोच्च परिसरमा कानुन व्यवसायीमाथि प्रहरीले हस्तक्षेप गरेपछि त्यसको विरोधमा हिजो नेपाल बारले बन्दी प्रत्यक्षीकरणसहित कुनै पनि मुद्दाका बहस नगर्ने घोषणा गरेको थियो ।

नेपाल बारले धर्नापछि राखेको सभामा कानून व्यवसायीहरूले नेपाल बार र सर्वोच्चका न्यायाधीशहरूको समेत अविश्वासमा रहेका प्रधानन्यायाधीश जबराका बारेमा राजनीतिक दलहरू मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा नआउन्जेलसम्म आन्दोलन जारी राख्ने भन्दै नेपाल बारले आइतबार पनि सर्वोच्च अदालतको मुख्य गेटमा धर्ना दिने जनाएको छ । प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एशोसिएशन आन्दोलनमा छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top