मेयर द्धारिकलाल नेकपा एस प्रवेश गर्ने तयारीमा

२५ कात्तिक ७८, शुक्रबार

२६ कात्तिक, इटहरी।

Advertisement

इटहरी उपमहानगरपाकिलाकाका मेयर द्धारिकलाल चौधरीले नेकपा (एकीकृत समाजवादी)सँग नजिकिएका छन् ।

उनले शुक्रबार एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई घरमा स्वागत गरेका छन् । एक दिन अगाडि नेकपा एसका प्रदेश १ अध्यक्ष तथा उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खानपान र भेटघाट गरेका चौधरीले आज माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई घरमै स्वागत गरेका हुन् ।

Advertisement

चौधरी एमालेबाट निर्वाचित मेयर हुन् । नेपालले पार्टी विभाजन गर्दा उनी एमालेमै रहेका थिए । एकीकृत समाजवादीनिकट स्रोतकाअनुसार मेयर चौधरी केही दिनभित्रै एमाले परित्याग गरी समाजवादीमा प्रवेश गर्ने तयारी छ ।

उनी स्वयमले भने अहिलेसम्म आफू एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने वा नगर्ने भन्नेबारे केही बताएका छैनन् । तर, उनी एमाले नेतृत्वसँग रुष्ट रहेको दाबी गरिएको छ

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top