Nepal Times
Nepal Times
3
Shares

नेटफ्लिक्सले ‘सूर्यवंशी’लाई सय करोडमा खरिद गर्याे

नेटफ्लिक्सले ‘सूर्यवंशी’लाई सय करोडमा खरिद गर्याे

२७ कात्तिक, एजेन्सी ।

बलिउड फिल्म ‘सूर्यवंशी’लाई ओटीटी प्लेटफर्म नेटफ्लिक्सले महँगो रकममा खरिद गरेको छ । सातौं दिनसम्म १२० करोड भारुको व्यापार गरिसकेको यो फिल्मलाई नेटफ्लिक्सले १०० करोड भारुमा खरिद गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अक्षय कुमार र कट्रिना कैफ अभिनित ‘सूर्यवंशी’ ओटीटी प्लेटफर्ममा कोरोना महामारीपछि सबैभन्दा बढी मूल्यमा बिक्री हुने फिल्म बनेको छ ।रोहित सेट्टीको निर्माण तथा निर्देशनमा बनेको यो फिल्म डिसेम्बर ४ देखि नेटफ्लिक्समा प्रसारण हुने जनाइएकाे छ । फिल्म नोभेम्बर ५ देखि सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.