डडेलधुरामा पुनःअधिवेशन नगराए जिल्ला नेतृत्व अनसनमा बस्ने

२७ कात्तिक, काठमाडाैँ ।

नेपाली काँग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले जिल्लाका वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सम्बोधन नभए मंसीर १ गतेदेखि पार्टी केन्द्रिय कार्यालयमा अनसन र धर्नामा बस्न बाध्य हुने चेतावनी दिएका छन् । सभापति कर्णले शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी अव बस्ने पार्टीको केन्द्रिय कार्य समितिले आफूहरुको माग सम्बोधन नगरे पार्टी केन्द्रिय कार्यालयमै धर्ना र अनसनमा बस्न बाध्य हुने चेतावनी दिएका हुन् ।

उनले पार्टी जिल्ला कार्य समितिले स्थगन गर्न लिखित रुपमै पार्टीका केन्द्रिय सभापति शेरबहादुर देउवा र केन्द्रिय निर्वाचन समितिलाई लिखित रुपमै उजुरी गर्दा पनि त्यसको सुनुवाई नभई सत्ता र शक्तिको दूरुपयोग गरेर वडा अधिवेशन र पालिका अधिवेशन गरिएको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, ‘अवैधानिक ढंगले भएका वडा र पालिका अधिवेशनहरु खारेज गरी नयाँ अधिवेशनको मिति तय गरि दिनका लागि नेपाली काँग्रेस केन्द्रिय निर्वाचन समिति र पार्टी केन्द्रिय कार्य समितिमा सप्रमाण उजुरी मात्रै पेश गरेनौं । जबकी ११ दिनसम्म नेपाली काँग्रेसको कार्यालय डडेलधुरामा सिंगो पार्टी अनसन बस्यो । उक्त अनसनको कार्यक्रमलाई डडेलधुराका हजारौं पार्टी कार्यकर्ताले र महत्वपूर्ण केन्द्रिय नेताज्यहरुको समर्थन र ऐक्यवद्धता हुँदाहुँदै हालसम्म हाम्रा् माग कहीँकतै सुनुवाई नभईसकेपछि नेपाली काँग्रेस डडेलधुराको मिति २०७८म कात्तिक २२ गतेको बैठकबाट डडेलधुरा जिल्लाको सिंगो अभिभावकत्व दिनका लागि हार्दिक अनुरोध गर्दै सम्माननीय प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रिय सभापति श्री शेरबहादुर देउवाजीलाई लिखित पत्र पठाएर आग्रह गरेका छांै । आगामी बस्ने केन्द्रिय कार्य समितिको बैठकमा हाम्रो मागलाई सम्बोधन नगरिए मिति २०७८ मंसीर १ गतेदेखि नेपाली काँग्रेस केन्द्रिय कार्यालय सानेपामा धर्ना र अनसनका कार्यक्रमहरु अगाडि बढाउने व्यहोरासमेत यसैप्रेस विज्ञप्तीमार्फत् जानकारी गराउँदछौं ।’

सभापति मल्लले केन्द्रिय निर्वाचन समितिले पनि सभापति देउवाको निर्देशनमा आफूहरुको मागको सुनुवाई समेत नगरेको भन्दै आपत्ति जनाए । उनले सबै जिल्लामा जिल्ला कार्य समितिको निर्देशन अनुसार वडा तथा पालिका अधिवेशनहरु हुने तर डडेलधुरामा किन नहुने भन्दै पार्टीका केन्द्रिय सभापति देउवा र केन्द्रिय निर्वाचन समितिलाई प्रश्न समेत गरे। सभापति मल्लले क्रियाशील सदस्यताको विवाद समाधान नभई आफ्नो जिल्लामा गरिएका वडा तथा पालिका अधिवेशनहरु मान्य नहुने अडान समेत दोहो¥याए ।

नेपाली काँग्रेसको वडा अधिवेशन हुन नसकेका जिल्लाहरुमा शनिबार सुरु भएको छ । नेपाली काँग्रेसको १४ औं केन्द्रिय महाधिवेशन मंसीर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।

भर्खरको समाचार

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

सम्बन्धित समाचार

Scroll to Top