पौडेलले देउवालाई भने : सुतुरमुर्गा शैलीमा कति दिन मुन्टो लुकाउने ?

२८ कार्तिक, काठमाडौं ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी कार्यालयमा बैठक गर्न नसकी भागेको बताएका छन् ।

आइतबार बुढानिलकण्ठमा जारी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै पौडेलले पार्टी कार्यालय सानेपामा कार्यकर्ता अनसन बसेकाले भागेर बुढानिलकण्ठमा आउनुपरेको बताए ।

उनले बैठकमा भने, ‘रौतहटका कार्यकर्ता ११६ दिनदेखि अनसन बसेका छन्। सोही कारण हामी भागेर बुढानिलकण्ठमा बैठक बसेका छौं। सानेपाबाट भाग्नु परेको छ।

हामी कसरी अघि बढ्ने हो ? तपाइँकै जिल्ला डडेल्धुराका मान्छे सानेपामा बसेका छन्। मैले भनेर हुने होइन तपाईंको जिल्लाको कुरा हो मैले छोएर हुने होइन।’

पार्टी कार्यालयमा कार्यकर्ता अनसन बसेपछि सभापति देउवा सानेपा जान छाडेका छन् । यही विषयमा वरिष्ठ नेता पौडेलले सभापति देउवामाथि प्रश्न उठाएका हुन् । उनले भने, ‘पार्टीको कार्यालाय छोडेर हिड्न पर्ने अवस्थाको अन्त्य गर्ने कि नगर्ने ? अनसन अन्त्य गर्ने कि नगर्ने ? सुतुरमुर्गा सैलीमा मुन्टो लुकाएर कति दिन हिँड्ने ? अवस्था सुधार्ने कि नगर्ने ? जिल्लाबाट गुनासो लिएर सानेपामा कार्यक्रता आँउछन् गुनोसो कसले सुनिदिने ? हामी सबै यहाँ बसेअ छौँ । यी समस्या कसरी टुंगो लगनउने ? समस्या समधान नगरी कसरी प्रस्ताव पास हुन्छ ? पास पास मात्र भनेर हुन्छ ?’

क्रियाशील सदस्यता विवादका कारण सानेपामा अनसन जारी छ । तर, संस्थापन पक्षबाट अनसन तोडाउने प्रयास भएको छैन ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top