सामाजिक सञ्जालमार्फत् ठगी, साढे १९ लाखसहित एक युवक पक्राउ

२८ कात्तिक ७८, सोमबार

२८ कार्तिक, काठमाडौं ।

Advertisement

सामाजिक सञ्जालमार्फत् ठगी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले रुकुमको रन्मामैमकोट गाउँपालिका–३ का २३ वर्षीय विकास गुरुङलाई पक्राउ गरेको हो।

ह्वाट्एपमार्फत् उनले ठगी गरेको प्रहरीले जनाएको छ। ह्वाट्पमार्फत विभिन्न व्यक्तिलाई चिट्ठा परेको भन्दै सम्पर्क गरेर र विदेशबाट पार्सल पठाएको र त्यसका लागि राजश्वलगायतका लागि केही रकम तिर्नुपर्ने भन्दै रकम पठाउन लगाएर गुरुङले ठगी गरेका थिए।

Advertisement

उनको साथबाट प्रहरीले १९ लाख ६० हजार रुपैयाँसमेत बरामद गरेको छ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top