महाधिवेशनका लागि सभापति देउवाको संयोजकत्वमा मूल तयारी समिति गठन

२९ कात्तिक, काठमाडौँ ।

Advertisement

सत्तारुढ दल नेपाली काँग्रेसको आइतबार बसेको केन्द्रीय कार्य समितिको बैठकले चौधौँ केन्द्रीय महाधिवेशनका लागि काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति गठन गरेको छ ।

काँग्रेसका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, सङ्घीय संसद्का सदस्य र सात प्रदेशका संसदीय दलका नेताहरू मूल तयारी समितिमा रहने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

Advertisement

यसैगरी, सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ सङ्कलन समिति, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा भोजन तथा आवास, डा. प्रकाश शरण महतको संयोजकत्वमा विदेश पाहुना स्वागत तथा व्यवस्थापन समिति, प्रचारप्रसारमा विश्वप्रकाश शर्मा, उद्घाटन तथा मञ्च व्यवस्थापनमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला सभापतिहरू सदस्य रहने गरी समितिहरू गठन गरिएको प्रवक्ता शर्माले बताए ।

यसका साथै बैठकले काँग्रेसको सातै वटा प्रदेश अधिवेशनका लागि नेता र स्थान पनि चयन गरेको छ । प्रदेश नम्बर १ अधिवेशन विराटनगरमा गर्ने गरी कृष्णप्रसाद सिटौला, प्रदेश नम्बर २ को जनकपुरमा गर्ने गरी रमेश रिजाल, बागमती प्रदेशको हेटौँडामा गर्ने गरी प्रकाशमान सिंह, गण्डकीको पोखरमा गर्ने गरी गोपालमान श्रेष्ठ, लुम्बिनीको बुटवलमा गर्ने गरी बालकृष्ण खाँड, कर्णालीको सुर्खेतमा गर्ने गरी जीवन बहादुर शाही र सुदूरपश्चिम प्रदेशको धनगढीमा गर्ने गरी दिलेन्द्रप्रसाद बडूलाई जिम्मा दिइएको छ ।

Advertisement

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले काँग्रेसको नीति र नेतृत्व चयनको अधिवेशन पनि छुट्टै गर्ने प्रस्ताव राख्नुभएको प्रवक्ता शर्माले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top