वार्नर टी-२० विश्वकपको उत्कृष्ट खेलाडी

२९ कात्तिक, एजेन्सी ।

अष्ट्रेलियाका ओपनर डेविड वार्नर आइसिसी टि२० विश्वकप २०२१ को सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । आइतबार भएको फाइनलमा अष्ट्रेलियालाई पहिलो पटक टि२० विश्वकप उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका वार्नर प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएका हुन् ।  अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै पहिलो पटक टि२० विश्वकपको उपाधि जितेको थियो ।

अष्ट्रेलियालाई उपाधि जिताउन वार्नरले ७ खेलमा ३ अर्धशतक सहित २ सय ८९ रन बनाएका थिए । १४६.७० को स्ट्राइक रेटमा वार्नरले ३२ चौका र १० छक्का प्रहार थिए । औसत ४८.१६ थियो । वार्नरले प्रतियोगिताभर कुल १ सय ९७ बल खेलेका थिए । फाइनलमा वार्नरले ३८ बलमा ४ चौका र ३ छक्का सहित ५३ रनमा आउट भएका थिए ।

वार्नरले सेमिफाइनलमा पाकिस्तानविरुद्ध ३० बलमा ३ चौका र ३ छक्का सहित ४९ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । समूह चरणमा वेस्टइन्डिज विरुद्ध ८९ र श्रीलंकाविरुद्ध ६५ रनको इनिङ खेलेका थिए । दक्षिण अफ्रिकाविरुद्ध १४, इंग्ल्यान्डसँग १ र बंगलादेशविरुद्ध १८ रनमा आउट भएका थिए ।

वार्नरपछि पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम सर्वोत्कृष्ट खेलाडीको दाबेदार थिए । बाबरले ६ खेलमा ४ मा अर्धशतक सहित कुल ३ सय ३ रन बनाएका छन् । औसत ६० को रहँदा स्ट्राइकरेट १२६.२५ कोछ । प्रतियोगिताभर कुल २ सय ४० बल खेलेका बाबरले २८ चौका र ५ छक्का प्रहार गरेका थिए । पाकिस्तान सेमिफाइनलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।

आइतबार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्यो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top