पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु

२९ कात्तिक, सुनसरी ।

सुनसरीको गढी गाउँपालिका-६ मा रहेको कोशी ईट्टा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ । उक्त ईट्टा भट्टाका कामदार भारतीय नागरिक सरोद बरमडका ४ बर्षीय छोरा दिपु बरमड र मिथु बरमडका ४ बर्षीय छोरा पियाउ बरमडको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

आईतबार अपरान्ह ४ बजेको समयमा उक्त स्थानमा खेल्दै गरेका बालक अचानक पानी जमेको खाल्डोमा डुबेका थिए । उनीहरुकाे उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगिएकोमा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.