वाइडेन र सीबीच भर्चुअल बैठक- द्विपक्षीय सम्बन्धमा जोड

२९ कात्तिक ७८, मंगलबार

३० कार्तिक, काठमाडौं ।

Advertisement

अमेरिकी राष्ट्रपति जो वाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बहुप्रतीक्षित भर्चुअल बैठकमा कुराकानी गरेका छन्।

यस कुराकानीमा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन अमेरिकासँग सम्बन्धलाई सकारात्मक दिशामा लैजान तयार रहेको जनाएका छन्। दुवै नेताहरुले दुईले आवश्यक ठानेका विषयमा कुराकानी गरेको बीबीसीले जनाएको छ।

Advertisement

वाइडेनले वार्तामा मानवअधिकार र इण्डो प्यासिफिकका मुद्दा पनि उठाएका थिए। उता चिनियाँ राष्ट्रपतिले दुई देशले एक अर्को देशलाई सम्मान गर्दै स्थिर द्विपक्षीय सम्बन्धमा जोड दिएका थिए।

चिनियाँ राष्ट्रपतिले ’पुराना साथी’ वाइडेनलाई देखेर खुसी भएको बताएका थिए। दुई नेताबीचको यो तेस्रो बैठक हो।

Advertisement

शुक्रबार व्हाइट हाउसले आफ्नो विज्ञप्तिमा दुवै नेता चीन र अमेरिकामा जारी होडबारे कुराकानी गर्दै साझा हितमा साथ मिलेर काम गर्नेबारे कुराकानी गर्ने भएको जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top