मेरी बास्सैमा फर्किइन् ‘चम्सुरी’

मेरी बास्सैमा फर्किइन् ‘चम्सुरी’

३० कात्तिक, काठमाडौं।

केही समययता स्वास्थ्यमा समस्या देखिएपछि अभिनयबाट पर रहेकी अभिनेत्री पल्पसा डंगोल ‘चम्सुरी’ फेरि अभिनयमा फर्किएकी छिन्।

गत जेठमा उनको मिर्गौलामा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले सुझाएका थिए। केही समयसम्म अस्पतालमै रहेकी उनी स्वास्थ्यलाभपछि फेरि टेलिभिजन सेटमा फर्किएकी हुन्।

सामाजिक सञ्जालमा एक पोस्ट राख्दै उनले आफू फेरि टेलिभिजन श्रृङ्खला ‘मेरी बास्सै’मार्फत् अभिनयमा फर्किएको बताएकी छन् । सामाजिक सञ्जालमा आफू फेरि ‘मेरी बास्सै’मा फर्किएको जानकारी दिदैं पल्पसाले लेखेकी छिन्, ‘आज बेलुकी मेरी बास्सै हुर्नुहोला। म हजुरहरुलाई भेट्न आउँदैछु।’

दुवै मिर्गौलामा समस्या देखिएकी डंगोलको माघमा मिर्गौला प्रत्यारोपण हुँदैछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.