बिमा कम्पनीको नाफा १९.८७ प्रतिशतले बढ्यो

३० कात्तिक ७८, बुधबार

१ मंसिर, काठमाडौं ।

राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार तीन महिनामा कम्पनीले ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत वर्षको तुलनामा १९.८७ प्रतिशत बढी हो । गत वर्ष यस कम्पनीले ५ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कर्जा तथा अन्य लगानीबाट हुने आम्दानीमा पनि बढोत्तरी भएको छ ।

यस अवधिमा कम्पनीले सात करोड ३६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष पाँच करोड ९९ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले कर्जा तथा अन्य लगानीबाट यो त्रैमासमा ६ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

गत वर्ष ६ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको थियो । तीन महिनामा कम्पनीले बिमा कोषको आकार ८.१७ प्रतिशतले बढाएर दुई अर्ब ४६ करोड रुपैयाँ पु¥याको छ । गत वर्ष यसको बिमा कोषमा दुई अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको हाल चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ । यस कम्पनीको जगेडा कोषमा तीन अर्ब १७ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ९३ रुपैयाँ १४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १ हजार २९२ रुपैयाँ ४६ पैसा छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top