भारत र न्युजिल्याण्डबीचको तीन दिवसीय टी २० सिरिजको पहिलो खेल आज

३० कात्तिक ७८, बुधबार

१ मंसिर, काठमाडौं ।

Advertisement

भारत र न्युजिल्याण्डबीचको तीनदिवसीय टी २० सिरिज अन्तर्गतको पहिलो खेल आज हुँदैछ। जयपुरमा हुने खेलमा भारतीय टोलीको कप्तानी रोहित शर्माले गर्ने छन् भने न्युजिल्याण्डको कप्तानी टिम साउदीले गर्ने छन्।

न्युजिल्याण्डका कप्तान केन विलियम्सनलाई आराम दिइएपछि टिमको कप्तानी साउदीले गर्ने भएका हुन्। न्युजिल्याण्ड क्रिकेट संघका अनुसार विलियम्सन २५ नोभेम्बरबाट दुई देशीच हुनलागेको टेस्ट सिरिजलाई प्राथिमकतामा राख्दै टी २० सिरिजमा खेल्ने छैनन्। उनको स्थानमा साउदीले कप्तानी गर्नेछन्।

Advertisement

आइतबार टी २० वर्ल्ड कपको फाइनलमा विलियम्सनले ४८ बलमा ८५ रनको पारी खेलेका थिए। तर उनले आफ्नो टीमको हार जोगाउन सकेनन् र अस्ट्रेलियाले पहिलो पटक टी २० वर्ल्ड कप जितेको थियो। भारतका विरुद्ध न्युजिल्याण्डको टीमले १७ नोभेम्बर अर्थात बुधबारबाट तीन खेलको टी २० सिरिज र २५ नोभेम्बरबाट दुई टेस्ट खेलको सिरिज खेल्ने छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top