सर्वोच्च अदालतमा देखिएको समस्या एक–दुई दिन भित्रै समाधान हुन्छ: प्रचण्ड

१ मंसिर, जनकपुर ।

Advertisement

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा देखिएको समस्या एक–दुई दिन भित्रै समाधान हुने विश्वास व्यक्त गरेका छन् । बुधबार जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष दाहालले अदालतभित्र देखिएको समस्या त्यहीँ भित्रबाट सुल्झियोस् भनेर हिजो बसेको सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सन्तुलित बक्तव्य जारी गरेको उल्लेख गर्दै अव त्यो विषयमा बढि बोली राख्नु आवश्यक नभएको प्रतिक्रिया समेत दिए।

सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिको मंगलबार (हिजो) बसेको बैठकले अदालतमा देखिएको समस्या अदालत भित्रैबाट छिटो समाधानहोस् भन्ने चाहेको बताएको थियो । अध्यक्ष दाहालले अदालतमा देखिएका समस्याबारे सत्तारुढ गठबन्धनको सोही धारणा रहेको स्मरण गराउँदै त्यसलाई समाधान गर्न सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्ने अपेक्षा गरिएको बताए। उनले भने, ‘हिजो त हामीले बोल्यौं नि त । हिजो पाँच दलीय गठबन्धनको जो समन्वय समिति छ । त्यसको बैठक बसेको थियो । र त्यो बैठकले अदालतमा देखा परेको समस्याप्रति गम्भिर ध्यानाकर्षण भएको, त्यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने हाम्रो अपेक्षा रहेको र त्यसको निम्ति सबै पक्षले आ–आफनो ठाउँबाट समस्या समाधान गर्न पहल गर्ने आशा व्यक्त गरेको भनेर हामीले एउटा सन्तुलित वक्तव्य दिएका छौं । हामी एक–दुई दिन आशा गर्छौं कि समस्या अदालत भित्रबाटै समाधान होस् । त्यही हिसाबले हिजो हामीले बोलेका छौं । त्यो विषयमा अदालत भित्रबाट सुल्झियोस् भनेर हामीले वक्तव्य दिईसकेको हुनाले अहिले त्यो विषयमा बढि बोली राख्नु परेन ।’

Advertisement

अध्यक्ष दाहालले आसन्न राष्ट्रियसभाको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा सत्तारुढ दलहरु मिलेर जाने सहमति गरिएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top