पुटिन र म्याक्रोनबीच टेलिफोन वार्ता : आप्रवासी संकटबारे छलफल

१ मंसिर ७८, बुधबार
Share this
803shares

१ मंसिर, एजेन्सी ।

Advertisement

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनसँग बेलारुस र युरोपेली युनियन (ईयू) बीचको सीमामा आप्रवासी सङ्कटका साथै पूर्वी युक्रेनको अवस्थाबारे छलफल गर्न टेलिफोन वार्ता गरेका छन्।

क्रेमलिनको एक विज्ञप्ति अनुसार, पुटिनले “पोल्यान्डका सीमा रक्षकहरूद्वारा शरणार्थीहरूलाई अत्यन्तै कठोर व्यवहार” गरेको टिप्पणी गर्दै म्याक्रोनलाई बेलारूसी राष्ट्रपति अलेक्जेन्डरसँगको हालैको सम्पर्कको बारेमा जानकारी दिए। पुटिनले बेलारुस र ईयू देशका नेताहरूलाई यस विषयमा प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन्। नेताहरूले पूर्वी युक्रेनको डोनबासमा जारी द्वन्द्वको समाधानमा प्रगति नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

Advertisement

पुटिनले कालो सागरमा संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले गरेको ठूलो अभ्यासको “उत्तेजक व्यवहार” लाई औंल्याएका छन् । जसले रूस र उत्तर एट्लान्टिक सन्धि संगठनबीच तनाव बढाएको छ।रुस-फ्रान्स सम्बन्धको लागि, पुटिन र म्याक्रोनले नोभेम्बर १२ मा पेरिसमा दुई देशका विदेश र रक्षा मन्त्रीहरूको नियमित बैठकको प्रशंसा गरेका छन्। साथै उनीहरूले सैन्य-राजनीतिक मुद्दाहरूमा द्विपक्षीय वार्ता जारी राख्ने जनाएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top