चीन-अमेरिका आर्थिक, व्यापारिक मुद्दालाई राजनीतिकरण गर्नुहुँदैन : राष्ट्रपति सी

३० कात्तिक ७८, बुधबार

१ मंसिर, बेइजिङ ।

Advertisement

चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन-अमेरिका आर्थिक र व्यापारिक सम्बन्धलाई पारस्परिक रुपमा लाभदायक रहेको भन्दै दुई देशबीचको आर्थिक र व्यापारिक मुद्दालाई राजनीतिकरण गर्न नहुने बताएका छन् ।

राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भर्चुअल बैठकमा दुई पक्षले सहयोगको लागि फराकिलो हुनु पर्ने बताएका छन् । राष्ट्रपति सीले अमेरिकी व्यापारिक समुदायको चीन भ्रमणलाई अझ सहज बनाउने चाहानालाई चीनले गम्भीरताका साथ लिएको र चीन र संयुक्त राज्य अमेरिका बीचको आर्थिक र व्यापारिक आदानप्रदानलाई थप प्रवर्द्धन गर्ने र दुई देशको अर्थतन्त्रको पुनरुत्थानमा द्रुतमार्गको व्यवस्था गर्न सहमत भएको बताएका छन् ।

Advertisement

उनले संयुक्त राज्य अमेरिकाले चिनियाँ व्यवसायहरूलाई दबाउन राष्ट्रिय सुरक्षाको अवधारणालाई दुरुपयोग गर्न वा बढावा दिने काम भने बन्द गर्नुपर्ने बताएका छन् ।सिन्ह्वा

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top