अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमलाई कारबाही हुन्छ: विज्ञापन बोर्ड

१ मंसिर, काठमाडाैँ ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँईले बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमहरुलाई कारबाही गरिने बताएका छन् । अध्यक्ष हुमागाँईले सूचना प्रकाशित गरिसकेपछि पनि केही सञ्चारमाध्यमहरुमा मदिराजन्य पदार्थहरुको विज्ञापन प्रकाशन भइरहेको भन्दै विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई कानून बमोजिम कारबाही गरिने बताएका हुन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उाले बोर्ड अहिले विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दाताहरुलाई पत्राचार गर्ने तयारीमा रहेको समेत बताए । अध्यक्ष हुमागाँईले ऐनले मदिरा तथा सुर्तिजन्य पदार्थको विज्ञापनमा मात्रै रोक लगाएको बताउँदै बिक्री वितरण र उत्पादनमा रोक नलगाएको बताए ।

अध्यक्ष हुमागाँईले भने, ‘खास गरीकन जनस्वास्थ्य सेवा ऐन २०७५ मदिरा, सुर्तिजन्य पदार्थहरुको विज्ञापन गर्न रोक लगाएको छ, विज्ञापनको उत्पादन, प्रशारण, वितरण र प्रकाशन गर्न रोक लगाएको छ, हामीले यही कार्तिक २५ गते त्यस्ता पदार्थहरुको विज्ञापन उत्पादन, प्रकाशन तथा प्रशारणको काम, नगर्नू, नगराउनू भनेर एउटा विज्ञापन जारी गरेका छौँ र त्यस यता केही पत्रपत्रिकाहरुले विज्ञापनहरु प्रकाशन गरेका छन्, हामी ती प्रकाशन गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई समेत हामी पत्राचार गर्दैछौँ, यदी कुनै पनि व्यक्ति वा संस्थाले विद्यमान कानूनको प्रतिकुल कुनै काम गर्छ भने त्यस्ता व्यक्ति वा संस्थालाई सोही कानून बमोजिम कारबाही हुन्छ, खास गरी यो ऐनले त्यस्त पदार्थको बिक्री वितरणमा रोक लगाएको होइन, उत्पादनमा रोक लगाएको होइन, विज्ञापन गर्नमा मात्र रोक लगाएको हो, विज्ञापन बोर्डको गठन भइसकेपछि हामीले अनुगमन कार्यलाई तीव्र पारेका छौँ ।’

यता राष्ट्रिय टेलिभिजन प्रशारक संघले पनि सार्वजनिक सञ्चारमाध्यम र पत्रपत्रिकामा मदिराजन्य वस्तुको विज्ञापन प्रकाशन गरेकोमा बिरोध गरेको छ । राष्ट्रिय टेलिभिजन प्रशारक संघका अध्यक्ष शंकर अधिकारीले सार्वजनिक सञ्चारमाध्यम र पत्रपत्रिकामा वर्जित विज्ञापन प्रकाशन रोक्ने काममा विज्ञापन बोर्ड विमुख हुन नमिल्ने बताए। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले निजी क्षेत्रले सरकारले निकालेको सूचनालाई थ्रेट दिएर, अटेर गरेर मदिराको विज्ञापन निकाल्दा प्रशासन, राज्य र विज्ञापन बोर्डले केही गर्न नसकेको आरोप लगाए। अध्यक्ष अधिकारीले कानूनले वर्जित गरेका काम गर्नेहरुलाई कानून बमोजिम कारबाही गर्न माग गरे ।

अध्यक्ष अधिकारीले भने, ‘हाम्रो कानूनमा भएको व्यवस्था परिपालना गराउनलाई जो निकाय, विज्ञापन बार्ड अहिलेको यो विषयमा जहाँ, जे अवस्थामा छ, जे गर्नका लागि भनेर गठन भएको छ, त्यो कम्तिमा उसकै दायित्व हो, यी विषयहरुलाई कार्यान्वयन गर्नुपर्ने र गराउनु पर्ने, विज्ञापन बोर्ड नै आफ्नो दायित्वबाट विमुख हुनु भएन, निजी क्षेत्रले अघिल्लो दिनको थ्रेट दियो, अघिल्लो दिनको सरकारी सूचनालाई थ्रेट दिने गरी भोलिपल्ट भएभरका पत्रपत्रिकाहरुमा मदिराको विज्ञापन एकसाथ छाप्ने गरी थ्रेट दिइरहेको छ, यस्तो हुँदा पनि प्रशासन, राज्य, विज्ञापन बोर्ड, त्यसलाई नियमन गर्ने निकाय, के हेरेर बसिरहेको छ ? किन हात हाल्न सक्दैन ? राज्यले किन हेर्दैन ? अहिले हाम्रो राष्ट्रिय टेलिभिजन प्रशारण संघ पनि कानूनले वर्जित गरेका कुराहरु गर्नु हुँदैन, भन्ने हाम्रो स्पष्ट छ र वर्जित गरेका कुराहरु गर्नेहरुलाई तत्काल कानूनअनुसार कारबाही समेत गर्नुपर्छ ।’

अध्यक्ष अधिकारीले विज्ञापन बोर्डले निकालेको विज्ञप्तिअनुसार निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको बताए । उनले कानूनमा भएको कुरालाई हुबहु लागू गराउनु पर्ने दायित्व र जिम्मेवारीमा बसेकाहरुले बढी चासो दिनुपर्ने बताउँदै भएको कानूनलाई लागू गराउनु पर्ने बताए । अध्यक्ष अधिकारीले सार्वजनिक सञ्चार माध्यमहरुमा मदिरा लगायत कुनै चिजहरुको विज्ञापन गर्ने कुरा कुनै किसिमले उचित नहुने पनि बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top