काठमाडौँ,साउन २३
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांगठनिक एकीकरणको कामलाई भोलि टुंगो लगाउने भएको छ ।आज प्रधानमन्त्रीको संरकारी निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले सांगठनिक एकीकरणको सम्बन्धी विषयलाई भोलि विहिबार टुंगो लगाउने गरि सहमति जुटाएको हो ।
पार्टीको विधानअनुसार भदौ ५ गतेभित्र संगठन एकीकरणको काम सम्पन्न गर्नुपर्ने भएको नेकपाले त्यसतर्फ आफ्नो ध्यान केन्द्रीत गरेको हो । यसअघि नै नेकपाले भदौ ५ गतेभित्र संगठनको एकीकरणको काम सम्मन्न गर्ने गरि आन्तरिक सर्कुलरसमेत जारी गरिसकिएको छ ।
त्यसैगरी मुलुकको समग्र राजनीतिक विषयबारे खुल्ला ढंगले छलफल गर्नका लागि स्थायी समितिको बैठक बोलाउने विषयमा पनि भोलीको बैठकले निर्णय गर्ने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे सचिवालय सदस्यलाई जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।बैठक भोलि २ बजे पुन बस्ने छ ।