गुरुनानकको अनुशरण गर्न सके राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति

गुरुनानकको अनुशरण गर्न सके राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति

३ मंसिर, काठमाडौं।

राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुनानकले समाजमा शान्ति, सद्भाव, सहिष्णुता र लोककल्याणका लागि सबै धर्मका बीचमा सद्भाव कायम राख्न गरेको मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने बताएकी छन्।

सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले समाजमा विद्यमान सबै प्रकारका विकृति, विसङ्गति एवं विभेदको अन्त्य गर्दै समतामूलक सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन्।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.