सबै नागरिकका लागि ६ करोड खोप आउँदैछः मन्त्री खतिवडा

३ मंसिर, भक्तपुर ।

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरोध खतिवडाले अब देशका कुनै पनि नागरिकले कोभिड–१९ विरुद्धको खोपबाट वञ्चित हुन नपर्ने गरी खोप ल्याउन लागेको बताएका छन् ।

आज मध्यपुर थिमिको बोडेमा सुरु भएको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको दुई दिने राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले ६ करोड खोपको सुनिश्चितता सरकारले गरेको बताए ।

Advertisement

मन्त्री खतिवडाले करिब एक करोड डोज खोप जनतालाई लगाइसकेको बताउँदै सरकारले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा आउने २० प्रतिशत बाहेक थप खोप ल्याउन सरकारले सम्झौता गरेको जानकारी दिए।

तेस्रो डोज खोप बुस्टर लगाउनुपर्ने चर्चा चलिरहेकाले त्यस बारे पनि सरकारले छलफल चलाएको र आवश्यक परे तेस्रो डोजका लागि बुस्टर खोप पनि ल्याइने मन्त्री खतिवडाले बताए।

Advertisement

उनले स्वास्थ्य बिमा भुक्तानीको व्यवस्थापनमा आएको चुनौतीलाई पन्छाउँदै सरकारले बिमाको बाँकी भुक्तानी छिटै गर्ने बताए । उनले प्रत्येक नागरिकलाई अहिले तिरेको रु. ३५ सय पनि नतिर्ने गरी निःशुल्क स्वास्थ्य बिमा गराउन कति बजेट लाग्छ भनेर अध्ययन भइरहेको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top