१६ लाख भन्दा बढीको भारतीय चिनी बरामद

३ मंसिर ७८, शनिबार

३ मंसिर, सुनसरी ।

Advertisement

सुनसरीको दुई स्थानबाट गाडी सहित ५६ बोरा भारतीय चिनी बरामद गरिएको छ । गत मंसिर १ गते ईनरुवा नगरपालिका-९ पोखरीचौक स्थितबाट अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाका आधारमा भारतबाट नेपालतर्फ भन्सार छली प्र १-०२-००२ च ४९६१ नम्बरको पिकअप गाडीले ल्याएकाे ५० बोरा भारतीय चिनी बरामद गरेकाे थियाे । प्रहरीले सामान धनीलाई पनि पक्राउ गरेको थियाे ।

यसैगरी गढी गाउँपालिका-४ स्थित सडक खण्डमा प्रहरीले २ वटा मोटर साईकलमा सवार मानिसहरुले २ वोरा सुर्ति र ६ वोरा चिनी ल्याउदै गरेको अबस्थामा प्रहरीलाई देखी मोटरसाईकल र सामान छोडी भागेका थिए ।

Advertisement

बरामद गरिएको ५६ बोरा चिनी, सुर्ती सहितको मुल्य १६ लाख ८६ हजार ९ सय बराबरको रहेको छ । बरामद भएको सामान र सामान धनीसहित सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top