४ मंसिर, एजेन्सी ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतीय अधिकार पाउने पहिलो महिला बनेकी छन्। ५७ वर्षीया ह्यारिसले करिब ५८ मिनेट राष्ट्रपतीय अधिकार सम्हालेकी छन्।
राष्ट्रपति जो बाइडन स्वास्थ्य जाँचका लागि जाँदा ह्यारिसलाई राष्ट्रपतीय अधिकार प्रत्यायोजन गरिएको हो। अमेरिकी राष्ट्रपति बाइडनलाई नियमित क्लोनोस्कोपीका लागि शुक्रबार एनेस्थिसिया दिइएको थियो।
राष्ट्रपति बाइडनको ७९औं जन्मजिनको पूर्वसन्ध्यामा शुक्रबार स्वास्थ्य परीक्षण गरिएको हो। बाइडनका चिकित्सकहरुले एक वक्तव्य जारी गर्दै उनको अवस्था सामान्य रहेको र राष्ट्रपतिका रुपमा आफ्नो नियमित काम गर्न सक्षम रहेको बताएका छन्।
बाइडन स्वास्थ्य परीक्षणमा रहँदा उपराष्ट्रपति ह्यारिसले आफ्नो कार्यालय (ह्वाइट हाउसको वेस्ट विङ्स)बाट आफ्नो जिम्मेवारी सम्हालिन्।उनी अमेरिकाको उपराष्ट्रपति बन्ने पहिलो महिला हुन्।
