जो कांग्रेसको औंला नसमाती हिँड्न सक्दैनन् उनीहरु चुनावसम्म गठबन्धनको कुरा गर्दैछन् : ओली

४ मंसिर, काठमाडौं ।

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तागठवन्धनका केही दल कांग्रेसको औंला नसमाती हिँड्नै नसक्ने आरोप लगाएका छन् । शनिबार नेपाल सम्वतका अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले आगामी चुनावमा एमाले कसैको वैशाखी नटेकी हिँड्ने र विजय हासिल गर्ने पनि दावी गरे ।

 १० वटै दल एमालेविरुद्ध एकजुट भएर आए पनि फरक नपर्ने उनकाे भनाइ थियाे । उनले भने, ‘एमाले सिध्याउँछु भनेर पाँच होइन, १० वटै दल आए पनि एमालेलाई केही फरक पर्नेवाला छैन ।’

Advertisement

ओलीले  आफ्नो सरकार ढालेर कांग्रेसको औंला समातेर हिँड्नेहरुले चुनावसम्म गठबन्धन रहने कुरा गरिरहेको बताए । उनले भने, ‘कांग्रेसले चुनावसम्म गठवन्धन हुन्छ भनेको सुनेको छैन । जो कांग्रेसको औंला नसमाती हिँड्न सक्दैनन् उनीहरु यस्तो भन्दैछन् । तर, कांग्रेसले कहिलेसम्म औंला दिन्छ मलाई थाहा छैन ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top