×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

खाडी मुलुक जान लागेका महिलालाई फर्काइयो

२४ श्रावण २०७५

बाँके, साउन २४
अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको छ ।खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा भारतीय महिला आयोग, बनारस प्रहरी तथा रेस्क्यु फाउन्डेशन नामक संस्थाको सहयोगमा उद्धार गरिएको माइती नेपाल नेपालगञ्ज शाखाका संयोजक केशव कोइरालाले जानकारी दिए ।

उनीहरूलाई भारतीय बाटो हुँदै अवैध रूपमा खाडी मुलक लैजान लागेको गोप्य सूचनाका आधारमा उद्धार गर्न सफल भएको उनले बताए ।संयोजक कोइरालाका अनुसार खाडी मुलुक जान लागेका ती महिलालाई नयाँ दिल्लीको मैदानगढी क्षेत्रका होटलमा छापा मारेर उद्धार गरिएको थियो । मध्यपश्चिम क्षेत्रमा घर भएका महिलालाई नेपालगञ्जमा राखिएको छ भने अन्य जिल्लामा घर भएकालाई नजिकको माइती नेपालका सेल्टरमा राखिएको छ ।

Advertisement
Advertisement

उद्धार गरिएकामा दाङ, बाँके, दैलेख, पाल्पा, नवलपरासी, रुपन्देही, मोरङ, झापालगायत जिल्लाका महिला छन् । “नेपालगन्ज नजिकका महिलालाई यही राखेर परिवारसँग पुनर्मिलन गराइने तयारी छ,” उनले भने, “कतिपय महिलाका परिवार नेपालगन्ज आइसक्नु भएको छ, कतिपय बाटोमै आउँदै गरेको जानकारी प्राप्त भएको छ ।”

Advertisement

ती महिलाले आफूहरू स्वेच्छिकरूपमा भारत हुँदै खाडी मुलुक जान लागेको माइती नेपालसमक्ष बयान दिएका छन् । नेपालको बाटो भएर खाडी मुलुक जान सरकारले प्रतिबन्ध लगाएपछि आफूहरू भारत भएर त्यसतर्फ जान लागेको प्रतिक्रिया उनीहरूले दिएका हुन् ।
रासस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top