उपाध्यक्षमा उम्मेदवारी दिने भुसालको तयारी

 ६ मंसिर, काठमाडौं।

Advertisement

एमाले उपमहासचिव घनश्याम भुसालले दशौं महाधिवेशनको लागि उम्मेदवारी घोषणा गर्ने भएका छन् । भुसाल पक्षका नेताकार्यकताहरुले उम्मेदवारी घोषणा गर्न सुझाव दिएपछि उनले उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् ।

‘अहिलेको महाधिवेशनमा जोगिएर उम्मेदवारी दिनुस् भनेका छौं। त्यसका लागि उपयुक्त उपाध्यक्ष नै हुन्छ भनेका छौं’, भुसाल निकट एक नेताले भने ।

Advertisement

सालले कुन पदमा उम्मेदवारी दिने भन्ने अहिले नै निश्चित भैनसकेको स्रोतले जनाएको छ । उनले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष वा महासचिव मध्ये कुनै एक पदमा उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ ।

भुसालनिकट तल्लो तहका नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसँग भिडेर जाने भन्दापनि सहमतिमा उपाध्यक्ष पदमा बस्दा सुरक्षित हुने सुझाव दिएका छन्।

Advertisement

उपाध्यक्ष भीम रावलले आइतबार महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top