नेपाल हङकङसँग ६ विकेटले पराजित

६ मंसिर, एजेन्सी ।

आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमै नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । आईतबार आइसिसी एकेडेमी ग्राउन्ड नम्बर टु मा जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको हङकङले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । योसँगै शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने लक्ष्य राखेको नेपाललाई ठूलो झड्का लागेको छ ।

हङकङको जितमा ओपनर मारिको हिलले ४२ बलमा ५ चौका सहित अविजित ४९ रनको उत्कृष्ट विजयी इनिङ खेल्दै अघिल्लो चरण सहज बनाएकी छिन् ।

Advertisement

तीव्र गतिकी बलर कविता कुँवरले तेस्रो ओभरको दोस्रो बलमा ओपनर यास्मीन दासवानीलाई काजल श्रेष्ठबाट दुई रनमा क्याच गराएकी थिइन् । त्यसपछि ब्याटिङमा आएका नताशा मिल्सले १३ बलमा ३ चौका सहित १६ र कप्तानी केरी चानले २२ बलमा २ चौका सहित १७ रन जोडेपछि हङकङले खेलमा पडक जमाएको थियो । नेपालको कविता कुँवर, सीता रानामगर र सबनम राईले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो । नेपालका लागि सीता रानामगर ५८ बलमा ४ चौकासहित सर्वाधिक ४० रनमा अविजित रहेकी थिइन् । ईन्दु बर्मा ३६ बलमा ३ चौका सहित ३१ रनमा रन आउट भइन् ।

तेस्रो विकेटका लागि इन्दु र सीताले ८१ रनको साझेदारी गरेका थिए । नेपालले पहिलो ओभरको दोस्रो बलमै ओपनर कविता कुँवरलाई शून्यमा गुमाएको थियो । बेट्टी चानले मरिको हिलबाट कवितालाई क्याच गराएकी थिइन् । दोस्रो विकेटका लागि काजल श्रेष्ठ र सीताले ४५ बलमा २१ रनको साझेदारी गरेका थिए । काजल कप्तान केरी चानको आठौं ओभरको पाँचौं बलमा ४ रनमा हिलबाट क्याच हुन पुगेकी थिइन् ।

नेपाललाई शीर्ष स्थानमा रहँदै २०२२ को ग्लोबल छनोटमा पुग्न बाँकी चारै खेलमा जित निकालेर मात्र हुँदैन । हङकङले बाँकी खेलमा कम्तिमा एक अव हार्नुपर्ने हुन्छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top