प्रधानन्यायाधीशमाथि महाभियोग माग गर्दै बारले बुझायो एमालेलाई ज्ञापनपत्र

६ मंसिर, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसनले नेकपा एमालेलाई ज्ञापनपत्र बुझाएको छ। प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउन र न्यायालय सुदृढीकरणको माग गर्दै बार एसोसिएसनले सोमबार नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्र बुझ्दै पूर्वसभामुख समेत रहेका नेता नेम्वाङले  सर्वोच्च अदालतको विवादको मुद्दा भित्र नै समाधान गरिनुपर्ने सुझाव दिएका छन् । यद्यपि यसबारे पार्टीमा आफ्नो धारणा राख्ने नेम्वाङले आश्वासन दिएका थिए ।

उनले बार सम्बद्ध कानुन व्यवसायीहरूमाथि प्रहरीले बल प्रयोग गरेकोमा दुख व्यक्त गरेका थिए । ‘तपाइँहरूमाथि बल प्रयोग भएकोमा दुख व्यक्त गर्दछु । त्यस्तो नहुनुपर्थ्यो,’ बारको टोलीका सदस्यहरूसंग नेम्वाङले भनेका थिए ।

प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने मागसहित नेपाल बार एसोसिएसनले शुक्रबार एकहप्ते आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। जस अन्तर्गत बारले आज संसदमा प्रतिनिधित्व गर्ने पार्टीहरूका साथमा सभामुखलाई ज्ञापनपत्र बुझाएको छ।

यसअघि दिउँसो २ बजे सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएपछि बारको टोलीले नेम्वाङलाई ज्ञापनपत्र बुझाएको थियाे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top